साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनाथमा साउतीको १६ अेाेँ श्रङ्खला लोकार्पण

लेखनाथ पुस्तकालयमा सम्पन्न समाराेहमा लोकार्पण गरिएको हाे । कुनैवर्ष भारतमा र कुनैवर्ष नेपालमा साउती हास्यव्यङ्ग्य सङ्कलनका श्रृङखलाहरु लोकार्पण गरिदै आएको छ।

Nepal Telecom ad

झापा, चन्द्रगढी । संयोजक, सम्पादक, सङ्कलक तथा प्रकाशक मित्रराष्ट्र भारतको सिलगढी निवासी प्रसिद्ध साहित्यकार एवम् अभिनेता समेत रहेका मुक्तिप्रसाद वरालद्वारा प्रकाशित ‘साउती’ हास्यव्यङ्ग्य कविता सङ्कलन, १६ अेाेँ श्रृङ्खला लाेकार्पण भएकाे छ ।

लेखनाथ पुस्तकालयमा सम्पन्न समाराेहमा लोकार्पण गरिएको हाे । कुनैवर्ष भारतमा र कुनैवर्ष नेपालमा साउती हास्यव्यङ्ग्य सङ्कलनका श्रृङखलाहरु लोकार्पण गरिदै आएको छ। यसको आफ्नो छुट्टै परम्परा र मान्यता रहेको छ। साउती हास्यव्यङ्ग्य सङ्कलनभित्र समावेश भएका कविताका सर्जकहरुले कृतिमा रहेको आफ्नो कविता वाहेक अरु कविता वाचन गर्न पाउँदैनन् । स्रोताको रुपमा रहेका आमन्त्रित सर्जकहरुले पनि कविता वाचन गर्न पाउँदैनन्।

सहभागीहरु सवैलाई यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा एकमुष्ट आसन ग्रहण गराइन्छ र मञ्चासिन र दर्शक सवैबाट सामुहिकरुपमा कृति लोकार्पण गरिन्छ। कृतिभित्र समेटिएका कविहरु वाहेकलाई कृतिसङ्गै एउटा सानो कागज दिइन्छ। त्यसमा वाचन भएका कविताहरुमध्ये आफूलाई मन परेको कविता र कविको मूल्याङ्कन अङ्क राखेर आफ्नो नाम समेत लेखेर दिनु पर्दछ। कविता वाचन पश्चात् सङ्कलन गरिएका ती कागजहरु अर्थात् चिठ्ठा भन्दा पनि हुन्छ। मञ्चासिन व्यक्तित्वहरुबाट ६ वटा चिठ्ठा तानिन्छ। त्यसरी तानिएका चिठ्ठामा परेका नामहरु स्रोताको रुपमा सम्मानित र पुरस्कृत हुन्छन् भने सङ्किलत चिठ्ठाको मत अनसार सातजना कविहरुलाई पनि सम्मानित र पुरस्कृत गरिन्छ।

कविहरु विकास शिवा, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, केशव आचार्य, नगिता लेप्चा, होम सुवेदी, सरस्वती शेर्पा, जी के शर्मा, सुदर्शन अम्बटे, कृष्णप्रसाद मिश्र र यादवप्रसाद अधिकारी’ झाँक्रीखोले’ले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा स्रोता सम्मानबाट सर्वश्री जयन्ती माली, गीता सुवेदी नेपाल, चुडामणि वाशिष्ठ, लक्षमण नेपाल, सी. पी गिरी र तारा विविध सम्मानित र पुरस्कृत हुनु भएको थियो। उहाँहरुलाई सम्मान पत्र, पुरस्कार राशी राखिएको बन्द खाम र उपहार प्रदान गरिएको थियो। उहाँहरुलाई क्रमश: बाग, नन्दी नर्मदा स्मृति साउती स्रोता पुरस्कार, सोमनाथ वराल र गौरादेवी वराल स्मृति साउती स्रोता पुरस्कार, लीलावहादुर विष्ट स्मृति साउती स्रोता पुरस्कार, जोगेन्द्रनाथ शर्मा ढुङ्गाना स्मृति साउती स्रोता पुरस्कार, जङ्गवहादुर विश्वकर्मा र विष्णुमाया विश्वकर्मा स्मृति साउती स्रोता पुरस्कार र टीकाराम वराल र पद्मादेवी वराल स्मृति स्रोता पुरस्कारबाट पुरस्कृत गरिएको हो।

यसैगरी स्रोताको मूल्याङ्कनका आधारमा क्रमश: नगिता लेप्चा- बाग,नन्दी नर्मदा स्मृति साउती कवि पुरस्कार, विकास शिवा- सोमनाथ वराल र गौरादेवी वराल स्मृति साउती कवि पुरस्कार, कृष्णप्रसाद मिश्र – लीलावहादुर विष्ट स्मृचि साउती कवि पुरस्कार, केशव आचार्य- जोगेन्द्रनाथ शर्मा ढुङ्गाना साउती कवि पुरस्कार, सरस्वती शेर्पा- जङ्गवहादुर विश्वकर्मा र विष्णुमाया विश्वकर्मा स्मृति साउती कवि पुरस्कार, यादवप्रसाद अधिकारी- टीकाराम वराल र पद्मादेवी वराल स्मृति साउती कवि पुरस्कार र होम सुवेदी- लक्ष्मीकान्त जोशी स्मृति साउती कवि पुरस्कारबाट पुरस्कृत तथा सम्मानित हुनु भएको थियो।

कार्यक्रममा गजल सष्टा केशव आचार्य (नेपाल) र अग्रज स्रष्टा युवराज काफ्लेलाई साउती सम्मानबाट सम्मानित गरिएको थियो। उहाँहरुलाई कार्यक्रमका अध्यक्ष डा लतिका जोशी, साउतीका प्रमुख संरक्षक सीपी गिरी, लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरे, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाका अध्यक्ष गंगाप्रसाद ओली समेतले सम्मान गर्नु भएको थियो। सम्मान पत्र, असममा प्रचलित गम्छा, दोसल्ला ,खादा, अविरटीका, सम्मान पत्र र नगद राशी सहित सम्मान गरिएको थियो।

सम्मान पत्र वाचन क्रमश कृष्ण बस्नेत र पार्वती लेप्चाले गर्नु भएको थियो। कार्यक्रममा गायक तथा सङ्गीतकार जीवन अधिकारीले कविता र चर्चित गायिका जुनु गौतमले गीत प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको प्रारम्भमा साउतीका मुक्तिप्रसाद वरालले सुत्रधारको रुपमा सम्पादकीय मन्तव्य राख्दै साउती परिवारकी पार्वती लेप्चालाई कार्यक्रम सञ्चालनको जिम्मेवारी सुम्पनु भएको थियो।

डा. लतिका जोशीको अध्यक्षतामा भएको कार्यक्रममा साउतीका प्रमुख संरक्षक सी. पी. गिरी, जेष्ठ नागरिकको रुपमा रुद्र गौरी श्री अम्बिका ओलीलप्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली र आयोजक संस्था लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेलाई मञ्चासिन गराईएको थियो।

जेष्ठ नागरिक गंगाप्रसाद ओलीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा सामुहिक राष्ट्रगान गाईएको थियो भने स्वागत मन्तव्य नवराज घिमिरेले गर्नुभएको थियो। । सञ्चालन पार्वती लेप्चाले गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष डा. लतिका जोशीले धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो।

०००
देवीचरण भण्डारी “सरोज”काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x