फित्काैली डटकमगुरुभक्त नेउपानेको स्मृतिग्रन्थ ‘शिक्षाका पारसमणि : गुरुभक्त सर’ लोकार्पण
विद्यालयका सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी नेउपानेको अध्यक्षता, गुरुभक्तका गुरु पोखरी मा.वि., छातेढुङ्गाका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको थियो ।
झापा । विर्तामोडको कञ्चनजङ्घा अङ्ग्रेजी आवासीय मा.वि. तथा कञ्चनजङ्घा नमुना कलेजका संस्थापक कीर्तिशेष गुरुभक्त नेउपानेको स्मृतिग्रन्थ ‘शिक्षाका पारसमणि : गुरुभक्त सर’को लोकार्पण कार्यक्रम सम्पन्न भयाे ।
कार्यक्रम उक्त विद्यालयका सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी नेउपानेको अध्यक्षता, गुरुभक्तका गुरु पोखरी मा.वि., छातेढुङ्गाका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको थियो । गुरुभक्तका बुबा नन्दलाल, आमा चन्द्रमाया नेउपाने, राष्ट्रिय सभाका पूर्व माननीय सदस्य हरिचरण शिवाकोटी, मेची वहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, प्रधान सम्पादक राजेन्द्र सङ्ग्रौला, स्मृतिग्रन्थका समीक्षात्मक चर्चाकार हरिनारायण भट्टराई तथा लीलाप्रसाद अधिकारीलाई मञ्चमा बसाएर कार्यक्रम सुरुभयो ।
छोरा डा.केशवराज नेउपानेले स्वागत तथा साहित्यकार डिपि सङ्ग्रौलाले सुसञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि तथा मञ्चासिन व्यक्तिहरुले सामुहिक रुपमा “शिक्षाका पारसमणि ः गुरुभक्त सर’ स्मृतिग्रन्थको लोकार्पण गर्नुभयो । तत्पश्चात् साहित्यकार द्वय हरिनारायण भट्टराई तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले लोकार्पित स्मृतिग्रन्थको समीक्षात्मक परिचय प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा आठराई क्षेत्रका लोकप्रिय शिक्षक, पोखरी मा.वि.बाट निवृत्त प्रधानाध्यापक, साहित्यकार हरिनारायण भट्टराईलाई रु २० हजार राशि, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरियो । यस्तै गुरुभक्तको परिवारका तर्फबाट डा.केशवराज नेउपानेले बोनम्यारो क्यान्सरका विमारी साइमन हस्दालाई उपचारमा सहयोग स्वरुप रु दुई लाख पचीस हजार रुपैयाँको चेक प्रदान गर्नुभयो । साथै रु एक करोड राशिको अक्षयकोष राखेर गुरुभक्त नेउपाने स्मृति प्रतिष्ठान गठन गरी दर्ता गर्न लागेको कुरा पनि बताउँदै हरेक साल बुबाको स्मृतिदिवसमा समाजमा साहित्य, संस्कृति, कला, खेलकुद या कुनै पनि क्षेत्रमा उल्लेख्य योगदान गर्नेलाई पुरस्कृत गर्ने काम प्रतिष्ठानले गर्ने पनि बताउनुभयो ।
प्रमुख अतिथि बद्रीप्रसाद ओली, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, हरिचरण शिवाकोटी, पूर्व क्याम्पसप्रमुख उमानाथ ओली, आख्यानकार पुण्यप्रसाद खरेल, हरिचरण वानियाँ, प्याव्सन झापाका अध्यक्ष छत्र कार्कीले स्मृतिग्रन्थका बारे केही मन्तव्य राख्तै कीर्तिशेष गुरुभक्तप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्त्यमा गुरुभक्तका दाजु मेदनीप्रसाद नेउपानेले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिवर्ग सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो भने अध्यक्षता गर्नुभएकी डिल्लीकुमारी नेउपानेले छोटो भनाइका साथ सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त गुरुभक्तका छोरीहरु यशोदा नेउपाने, डा.गङ्गा नेउपाने, डा.गीता नेउपाने, ज्वाइँहरु डा.गणेश सुवेदी, अजय अधिकारी, साला रमेशकुमार ढुङ्गेल, गुरुहरु गोपालप्रसाद सङ्ग्रौला, रामप्रसाद चापागाईं, देवी उप्रेती, तुलसी उप्रेती, खेमप्रसाद उप्रेती, हरिप्रसाद सङ्ग्रौला, गणेश ओली, डा.अखिलेश, महेन्द्र सङ्ग्रौला, बालकृष्ण सिटौला सहभागिता रहेकाे थियाे ।
त्यसैगरी जयभद्र सुवेदी, अनन्त राजवंशी, युवराज पाण्डे, चक्रपाणी भट्टराई, तोयानाथ काफ्ले, डम्बर बस्नेत, दामोदर नेउपाने, मोहन ओली, डिआर सिटौला, साहित्यकारहरु देवीचरण भण्डारी, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, पुष्पकुमार खनाल, कृष्णप्रसाद पाठक, हरिप्रसाद नेउपाने (प्रअ), हरिप्रसाद नेउपाने (चन्द्रगढी), डिल्लीराम परदेशी, योगेन्द्र खतिवडा, लक्ष्मीप्रसाद खतिवडा (साधुटार), मिना अधिकारी, लता खरेल, कृष्ण सुवेदी निराकार, कृष्णप्रसाद मिश्र, मैयाँ बराल, ज्ञानु बुढाथोकी, उमेश ओली लगायत सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































