साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्दैन यस्तो रित

केहो धर्म भनेर बुझ्छ कसले, हो हो भनी लाग्दछन्। जस्ले भर्म छरेर खान्छ उसकै मान्छे पछी भाग्दछन्।। कोही किस्मसडे भनेर ठगछन्, कोही ठगे ईदमा। कोही ठग्दछ बुद्ध बनेर जनको बुद्धिष्टको भेषमा।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

गाँजा भाङ चरेस मासु मधिरा, पिन्छन् दशै हो भनी।
हाम्रो यो रितहो भनेर मधुवा, हिड्छन् जुवाडे बनि।।
गर्छन् आपसमा लडाई झगडा, लाजै नमानी कन।
खान्छन् पेट फुलाइ एक दिनमै, मागेर ब्याजे ऋण।।

बस्दैनन् घरमा तिहार भरमा, बौलाह जस्तो बनी।
केटा बाल र बृद्धले पनि पिने, गर्छन् दशै हो भनी।।
छोड्नैपर्छ कुकर्मको अबछिटो, केमान्नु यस्तो रित।
के मान्ने यसरी दशै खुसीहुदै, नास्तिक भएको ठिक।।

साना बालखको बचाउँ कसरी, देखेर सिक्ने त हो।
कोही धर्म हुदैन झेल नहुने, संसार यस्तै भयो।।
त्यागी हिन्दु इसाइ धर्मतिर गो, यो धर्म राम्रो भनी।
लुट्ने काम हुँदोरहेछ सबको, जे जे भनेता पनि।।

केहो धर्म भनेर बुझ्छ कसले, हो हो भनी लाग्दछन्।
जस्ले भर्म छरेर खान्छ उसकै मान्छे पछी भाग्दछन्।।
कोही किस्मसडे भनेर ठगछन्, कोही ठगे ईदमा।
कोही ठग्दछ बुद्ध बनेर जनको बुद्धिष्टको भेषमा।।

खोजौँ सत्य कुरा यथार्थ सबले आँखा उघारी कन।
देखाई डर धर्मको अधमले, लुट्छन् कठै सज्जन।।
राम्रो कर्म गरे हुनेछ जनको,मुक्ती यसै जन्ममा।
तेरो जन्म हुनेछ फेरि भनि जो, पार्दैछ को भर्ममा।।

अर्को जन्म हुँदै हुँदैन जनको, बेकार पत्याउँछौँ।
भोको पेट बसेर दुष्ट जनको, मीठो सधै ख्वाउँछौँ।।
राम्रो काम गरेर शुद्ध मनले, जूनी सुधारौँ सब।
धर्मात्मा हुँ भनेर पाप गरने, चिन्नूछ मान्छे अब।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x