साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोती समा बाउरे

बुझ्दैजा अझ के हुनेछ घरमा,लागे उसैको पछि। लैजाला धनसम्पती मुलुकको, साम्राज्यवादी पसि।। सङ्केत् हुन्छ बिहाननै त दिनको, कस्तो हुने हो भनी। लाग्नू पर्छपछी बुझेर सबको, बाठो चनाखो ब

Nepal Telecom ad

बालकृष्ण खनाल :

जोडी हात नुङेर बाँस जसरी, बिन्ती बिसा चाउरे।
तेरो मालिकले तँलाइ अब ता, पाल्ने छ हो दाउरे।।
चाटी मालिकको झुठो र टपरी, गर्छस् बखान चाउरे।
तेरो मालिकले चड्यो सिखरमा, धोती समा बाउरे।।

आफ्ना मालिकको गु द्धार पनि धो, सम्झेर काँसी सरि।
यो सन्जाल भरी बिपक्ष जनको, गाली नदे मनपरी।।
जे देख्छन् जनले उहीँ त मनले, भन्छन् बिचाराहरू।
हुन्छन् यो भवमा नसोच सबको, दासी त जस्ता अरू।।

बुझ्दैनस् त कुरा बुझाउँ कसरी, तेरो छ उल्टो गिदी।
दासीले अरुका कुरा जतनले, सुन्दैन सित्ती मिति।।
तेरो मालिकको चिनिस् कि अब ता,को रैछ यस्तो भनी।
सेवा दुस्मनको हिजो कति गरिस् छोरो समानको बनी।।

बुझ्दैजा अझ के हुनेछ घरमा,लागे उसैको पछि।
लैजाला धनसम्पती मुलुकको, साम्राज्यवादी पसि।।
सङ्केत् हुन्छ बिहाननै त दिनको, कस्तो हुने हो भनी।
लाग्नू पर्छपछी बुझेर सबको, बाठो चनाखो बनी।।

चाला छैन निको बुझौँ कि अब ता, मान्छे तिमी हौ भने।
मानेनौ तिमिले कुरा रतिभरी, मैले उहील्यै भने।।
गोर्खे नाम चल्यो सबै मुलुकमा, हामी बन्यौँ लाउरे।।
तेरो मालिक दुष्ट रैछ बुझियो, धोती समा बाउरे।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घसेर चिल्लो बस

घसेर चिल्लो बस

बालकृष्ण खनाल
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x