साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझौँ कुरा मित्रको

को हो त्यो चतुरो पुगेछ कसरी, तिम्रो कहाँ भेट भो।। आफ्नो भेष कुलाइ साधु असली, देखिन्छ डाँका पनि। डाका हो बुझ त्यो अनिष्ट गरला, आएछ योगी बनी।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

पल्केला जब कालले तब तिमी, बुझ्छौ कुरा मित्रको।
केके हुन्छ तहाँ नढाँटिकन जो, भन्ने गरौ भित्रको।।
पालो आउँछ एकपल्ट सबको, छोड्दैन कोही पनि।
सोचौला तिमिले मलाइ उसले, छोड्नेछ आफ्नो भनी।।

कैलेसम्म समाइ पाउ उसको, सेवा गरौला तिमी।
सेवामै उसको बिताइकन पो, बित्नेछ तिम्रो जुनि।।
मर्दा हुन्छ बरू सहेर नबसौँ, के बाँच्नु दासी बनी।
भन्छौकी यि कुरा उता अझ तिमी, यस्तो भनेथ्यो भनी।।

राजा देव र बाघ हुन्न कहिलै, आफ्नो बुझौ यो कुरा।
आफ्नो स्वर्थ पुरा गरेर उसले, देखाउला पाखुरा।।
साख्खै आज तिमी भएर उसको, आफन्त छोडी गयौ।
आऊ फर्क यता गरेर भरशा, के स्वर्थ टाडा भयौ।।

लागेथ्यौ कसरी उता हिज तिमी, पायौ कि केही कन।
पोलेमा धनले दुखाइ मनको, गर्छौ तिमी के भन।।
डुब्दा जाहज भोलि पछुतो, मानेर पो हुन्छ के।
जस्को चाकरझै तिमी हुन गयौ, पुर्खाहरू लड्दथे।।

कालो नाग विषालु हुन्छ अतिनै, टाडै बसे बेस हो।
को हो त्यो चतुरो पुगेछ कसरी, तिम्रो कहाँ भेट भो।।
आफ्नो भेष कुलाइ साधु असली, देखिन्छ डाँका पनि।
डाका हो बुझ त्यो अनिष्ट गरला, आएछ योगी बनी।।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x