साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐ जिन्दगी ! खबरदार !

बस अब तिम्रो नालायकी असह्य भएर ​प्रष्ट भन्न चाहन्छु कि- ऐ जिन्दगी ! खबरदार ! तँ आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु !!!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​ऐ जिन्दगी, तिमीले मलाई केही गन्दैनौ,
म पनि तिमीलाई कहाँ केही गन्छु र ?
तिमी सधैं आफ्नै मनपरी गरिरहन्छौ,
म पनि अब तिम्रो पछि कहाँ लाग्नेवाला छु र ?

​कहिले तिमी छाया भएर छल्छौ,
कहिले तिमी चर्को घाम भएर पोल्छौ,
कहिले सुनौला सपनाको आशमा सुताउँछौ,
कहिले तन्द्राबाट झस्काएर जगाउँछौ।

​म त आँसु लुकाएर हाँसी पनि दिन्छु
तिमी अवसर खोज्दै पटकपटक रुवाउँछौ,
न अब कुनै गुनासो छ, न तिमीसँग बस्ने रहर छ,
बस अब तिम्रो नालायकी असह्य भएर
​प्रष्ट भन्न चाहन्छु कि-

ऐ जिन्दगी ! खबरदार !
तँ आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु !!!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
घसेर चिल्लो बस

घसेर चिल्लो बस

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x