साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बादल र मानिस

बादल र मानिस बादल विनम्र भएर गर्छ हावाको सवारी मानिस उक्लेर पनि बन्छ अहंकारी फरक त छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

१.
बादल र मानिस
बादलमा छ निःस्वार्थ प्रेम
मानिसमा छ स्वार्थको खेती
फरक त छ।

२.
बादल र मानिस
बादलले वर्षा दिन्छ जीवनको
मानिसले आँसु दिन्छ पीडाको
फरक त छ।

३.
बादल र मानिस
बादलले सजावट गर्छ समष्टिको
मानिसले बिगार्छ स्वरूप सृष्टिको
फरक त छ।

४.
बादल र मानिस
बादलले शीतलता छर्छ धर्तीभरि
मानिसले ताप छर्छ मनभरि घरीघरी
फरक त छ।

५.
बादल र मानिस
बादलले सबैलाई सिञ्चन गर्छ समान
मानिसले आफन्तलाई मात्र भइ बेइमान
फरक त छ।

६.
बादल र मानिस
बादल विनम्र भएर गर्छ हावाको सवारी
मानिस उक्लेर पनि बन्छ अहंकारी
फरक त छ।

७.
बादल र मानिस
बादलले हरियालीको गीत गाउँछ
मानिसले प्रदुषण मात्र निम्त्याउछ
फरक त छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x