साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बादल र मानिस

​बादल र मानिस बादल विनम्र भएर गर्छ हावाको सवारी मानिस उक्लेर पनि बन्छ अहंकारी फरक त छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​१.
​बादल र मानिस
बादलमा छ निःस्वार्थ प्रेम
मानिसमा छ स्वार्थको खेती
फरक त छ।

​२.
​बादल र मानिस
बादलले वर्षा दिन्छ जीवनको
मानिसले आँसु दिन्छ पीडाको
फरक त छ।

३.
​बादल र मानिस
बादलले सजावट गर्छ समष्टिको
मानिसले बिगार्छ स्वरूप सृष्टिको
फरक त छ।

​४.
​बादल र मानिस
बादलले शीतलता छर्छ धर्तीभरि
मानिसले ताप थरीथरी घरीघरी
फरक त छ।

​५.
​बादल र मानिस
बादलले सबैलाई सिञ्चन गर्छ समान
मानिसले आफन्तलाई मात्र भई बेइमान
फरक त छ।

​६.
​बादल र मानिस
बादल विनम्र भएर गर्छ हावाको सवारी
मानिस उक्लेर पनि बन्छ अहंकारी
फरक त छ।

७.
​बादल र मानिस
बादलले हरियालीको गीत गाउँछ
मानिसले प्रदूषण मात्र निम्त्याउँछ
फरक त छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x