साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्नेरी मुुखुुण्डो

कमजोर शरीर बोकीबोकी अझै हिँड्छु ढाँटी, तन्नेरीको मुखुण्डोमा ऊर्जा साट्न आँटी ।।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

हिजोसम्म सुन्थेँ कान
आज कमै सुन्छु,
तर पनि सुन्या जस्तै
बहानामा हुन्छु

हिजो दृष्टि ठिकै थियो
आज कमै देख्छु,
अक्षर तिरमिर गुड्दा पनि
भन्छु, “पढ्छु लेख्छु”

हिजो गोडा थाक्दैनथे
आज निकै थाक्छन्,
तर पनि नथाकेझैं
हिँड्न मन लाग्छन्

जवर्जस्ती डुलेको छु
क्यै नभा झैं आज,
कतै मलाई लाग्या हो कि
बुढ्यौलीको लाज ?

कमजोर शरीर बोकीबोकी
अझै हिँड्छु ढाँटी,
तन्नेरीको मुखुण्डोमा
ऊर्जा साट्न आँटी ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x