साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथीहरू छन् केही किर्ना झैँ

यिनले देख्न चाहदैनन् मलाई हृष्टपुष्ट मुखमा रामराम बगलीमा छुरा हुने दुष्ट चाहे यिनले बिरोध गरुन् चाहे होऊन् रुष्ट आफ्नो जिद्दी छोड्दिन म हिन्छु सुस्त सुस्त।

Nepal Telecom ad

रणबहादुर बुढाथोकी “भैया”:

साथीहरू छन् केही किर्ना झैँ
उठ्छ रिस गर्दिन घृणा चाइँ।

ग्यान्टे ग्यान्टे मिलिकन क्यान्टिनमा जान्छन्
च्यान्टी सित मेरो नाउँमा खाजा मागी खान्छन्
ढङ्ग नभा आवाराले मैलाई व्यङ्ग्य हान्छन्
जस्ले मेरो खेदो गर्छ उस्लाई नेता ठान्छन्।

साथीहरू छन् केही किर्ना झैँ
उठ्छ रिस गर्दिन घृणा चाइँ।

देख्ना डाल खाना काल सञ्जालका साथी
नत लाइक नत सेयर कति विश्वासघाती
बताँसेका रैछन् बरु गाइज कति जाति
अल्गोरिदम प्रयोग गरी पुऱ्याई दिए माथि।

साथीहरू छन् केही किर्ना झैँ
उठ्छ रिस गर्दिन घृणा चाइँ।

यिनले देख्न चाहदैनन् मलाई हृष्टपुष्ट
मुखमा रामराम बगलीमा छुरा हुने दुष्ट
चाहे यिनले बिरोध गरुन् चाहे होऊन् रुष्ट
आफ्नो जिद्दी छोड्दिन म हिन्छु सुस्त सुस्त।

साथीहरू छन् केही किर्ना झैँ
उठ्छ रिस गर्दिन घृणा चाइँ।

०००
बूढानीलकण्ठ – ८ हात्तीगौँडा
काठमाण्डौं,नेपाल।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

पिर्नसम्म पिर्‍याछन् किर्नाले
घैँटामा घाम तिनको नफिर्नाले

"भैया"
"भैया"
1 month ago

😀😀😀

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
2
0
Would love your thoughts, please comment.x
()
x