साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाम

"अङ्कल ! सडकको जाम त गाडी पन्छाएपछि खुल्ला, यो मन्त्रालयमा अडकिएको न्यायको जाम चाहिँ कुन क्रेनले तानेर खोल्ने हो ?"

Nepal Telecom ad

नन्दलाल आचार्य :

“सडक त तीन दिन मात्र रोकिएको हो सा’प !” सडकको छेकैमा धुलो खाँदै बसेकी मृतक चेलीकी आमाले मन्त्रीका प्रतिनिधिलाई तिखो नजरले नियालिन् र थपिन्, “मेरी छोरीले न्याय नपाएको त ऊ जन्मनुअघिदेखि नै रहेछ ।”

ठूला गाडीको लस्कर र हर्नको घन्काबीच मन्त्री-प्रतिनिधिले महँगो फाइल खोले- “सरकार यस विषयमा पूर्ण प्रतिबद्ध छ !”

उही भीडबाट कालो चश्मा लगाएकी एक किशोरी अघि सरेर मुस्कुराई, “अङ्कल, यो प्रतिबद्धता पनि मास्कजस्तै हो र ? भीड देखेपछि कालो अनुहार ढाक्न लगाउने, भीड हटेपछि खल्तीमा हाल्ने ?”

वरिपरिको भीडमा हाँसोको सानो बाढी बग्यो । प्रतिनिधिले लाज ढाक्न हतार-हतार आइफोन निकाले, दुई औँला स्वाइप गरे र फोटो खिच्दै स्टाटस लेखे- ‘सरकार अत्यन्त गम्भीर छ ।’

किशोरीले मोबाइलको स्क्रिनतिर हेर्दै च्याँठ्ठिएर सोधी, “सर ! यो गम्भीरता फेसबुकको भित्तामा मात्रै झुण्डिने हो कि फाइलभित्र पनि छिर्छ ?”
प्रतिनिधिको औँला स्क्रिनमै ठप्प भयो ।

“अपराधी पक्राउ पर्‍यो ?” किशोरीको प्रश्न थियोे ।
“अनुसन्धान जारी छ ।”
“न्याय ?”
“प्रक्रियामा छ ।”
“सुरक्षा ?” किशोरीको प्रश्नको आँधी नरोकिने अवस्था देखेर र प्रश्नको चोट सहन नसकेर प्रतिनिधिले फाइल बन्द गरे, मानौँ फाइलसँगै जनताको मुखै बन्द हुन सकोस् ।

चेलीकी आमाले साडीको छेउले आँसु पुछिन् र फ्रेम टाँगिएको छोरीको धमिलो तस्बिर हावामा उचालिन्- “हामीलाई छोरीको लास देखाएर गरिएको भाषण चाहिँदैन सा’प ! हामीलाई त त्यस्तो देश चाहिया छ, जहाँ छोरी घरबाट निस्कँदा आमाले मन्दिरको भगवान्‌लाई होइन, सिंहदरबारको राज्यलाई भरोसा गर्न सकोस् ।”

क्षणभरमै पछाडिबाट दर्जनाैँ हातहरूले प्लेकार्ड उचाले-
‘छोरी दया होइन, अधिकार हो !’
‘न्याय दान होइन, राज्यको कर्तव्य हो !’

मन्त्रीका प्रतिनिधि भने बाटो खुलाउने प्रहरी आदेश खोज्न हतार-हतार फेरि त्यही रित्तो फाइल पल्टाउन थाले ।
त्यही बेला उही किशोरीले माइक फुत्काउँदै सोधी, “अङ्कल ! सडकको जाम त गाडी पन्छाएपछि खुल्ला, यो मन्त्रालयमा अडकिएको न्यायको जाम चाहिँ कुन क्रेनले तानेर खोल्ने हो ?”

०००
२०८३ भदौ ७ गते ।
सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x