सुरेशकुमार पाण्डेम गर्छु धर्म
बाबा हजुरको आस्था ठिक होला तर यो बढी धर्मको काम हो । आज भाउजूको ज्यान खतरामा थियो। अब मलाई केही चिन्ता छैन।" गाैरवले सुस्तरी भन्यो।
सुरेशकुमार पाण्डे :
“त्यो देवी देवता नमान्ने पाखण्डी हो।”- रमण फतफताउँदै बाहिर निस्किए।
“के भनेको त्यस्तो हजुरले आफ्नै छोरालाई ?”- रिमा पनि आफ्नो पतिको हात समाउँदै तान्न खोजिन्।
गौरव भने बाहिर देवालीको बिरोधमा कराउंदै देवालीको लागि भनेर कबुलेको पाठो बिक्री गर्दै थियो।
“गर्न देऊ यो नास्तिकलाई मनपरी, आफूले कामधन्दा नगर्ने भाषण दिँदै हिँड्ने अहिले देवतालाई कवुलेको पाठो अरूको लागि बिक्री गर्न थालेको छ।”- रमण बाहिर पुगेर झनै कराए।
“बाबा हजुरलाई केहि दिनपछि म यस्तै पाठो किनेर ल्याइदिउँला हजुरले समश्या बुझ्नुपर्यो !”- गाैरवले दुबै हात जोड्यो र चुप रहन अनुरोध गर्यो।
“त कुजातले भनेर मान्छु भोलि यो घरमा कुनै अनहोनी भयो भने को जिम्मेवार हुन्छ ? “- बुढा रमण आफ्नै विचारमा अडिए।
“अनहोनी त अहिले पनि हुँदैछ, हजुरले ढिला गरेपछि त्यो पक्कै हुन्छ। तर मैले त्यसो गर्न दिँदैन।”- गाैरवले पाठो खोल्यो र हिँड्यो।
“पापी अधर्मी अब यो घरमा कहिल्यै नआएस्र।”- रमणले गाली गर्दै सराप्दै थिए।
“हजुर नरिसाउनु छोराले भनेकै त छ केही दिनपछि यस्तै पाठो ल्याइदिन्छ। आज ठूलो समश्या परेको बेला काम यसैले काटौं भनेर होला ।
बुहारीको अप्रेसन हुनथालेको छ। बरू जे होस् राम्रै हाेस् भनौं कृपया सराप दिनु ठिक होइन।” रिमाले रमणलाई सम्झाउन थालिन।
“अब त्यसको अप्रेशन सफल हुने छैन किनकी उसले पाप गरेको छ।” -रमण फेरि पनि उस्तै बोलिरहे। गाउँभरी सबैलाई जगजगी डर थियो।
गाैरवले पाठो बिक्री गर्यो र डाक्टरलाई पैसा दियो। तुरून्तै अप्रेशन पनि भयो।
एकैछिनपछि डाक्टर बाहिर आए।
“ला बधाई छ गाैरव ! अप्रेशन सफल भयो। तिमी आउन थोरै ढिला हुन्छ भनेर हामीले पहिल्यै तैयारी गरिसकेका थियौं। जच्चा बच्चा सबै ठिकै छन्। “- डाक्टरले जानकारी गराए।
“गाैरवले मनमनै भन्यो- बाबा हजुरको आस्था ठिक होला तर यो बढी धर्मको काम हो । आज भाउजूको ज्यान खतरामा थियो। अब मलाई केही चिन्ता छैन।” गाैरवले सुस्तरी भन्यो।
“म आफ्नो पालामा बली प्रथाको पुरै अन्त्य गर्ने छु भाइ”- दाजु ऋषिले भाइलाई अँगालोमा बेर्दै बिस्तारै भन्यो।
०००
दाङ घोराही १८
२०८३/०५/०२
Subscribe
Login
0 Comments
Oldest







































