साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तनको राज

नेताजीले, अहिले त हिमाल तताउनेहरूसँग  राहत होइन हर्जाना तिर्नुपर्छ भनेर अडान लिनु भाको छ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“नेता हो त यस्तो हो !”- मुरारीलाल खुसी भयो।

“के भयो र मुरारी सधैँ नेताको आलोचना र गाली गरेर नथाक्ने आज कता पश्चिमबाट घाम उदाएछन् कि ?   रामे आश्चर्य हुँदै प्रश्न गर्यो।

“ए भाइ तिमीले मलाई के सम्झेका हँ ? के म सधै बिरोध नै गर्छु ? राम्रो गरेपछि त राम्रो गर्यो भनेर भन्न पनि त सक्नु पर्यो नि ?” -मुरारीलालले उल्टै प्रतिप्रश्न ठडायो। उनीहरू दिउसोपख बारीमा मकै भाँच्दै थिए।

“हो राम्रोलाई राम्रो भन्नुपर्छ। तर मैले त्यसो भनेन यत्तिमात्र सोधेको, आज हजुर यतिका खुसी हुने कारण के होला ?”-रामेले भन्यो।

“खुसी त विदेशमा हाम्रो नेताको जो सम्मान भयो त्यस्तो अहिलेसम्म भएको थिएन। विदेशमा देशले यसरी सम्मान पाउनु त हाम्रो भाग्य नै हो।” -मुरारीलालले नेताको प्रशंसा गर्दै भन्यो।

“केही दिन पहिले त हजुरले खुबै गाली गरेको सुनेको थिएँ मैले, आज विदेशमा उनकाे सम्मान भयो भनेर हो हजुरले प्रसंशा गरेको ?”- रामेले मकैको घोगा थुम्से डोकोमा राख्दै भन्यो।

“त्यो पनि हो त्यत्तिमात्र पनि होइन, अहिले त डबल खुसी छ। देशसँग पनि कुरा उठाइएको छ। अब देशले अवश्य काँचुली फेर्ने छ। विदेशमा गएर नेताजीले पहिल्यै पनि कुरा उठाउनु भएको थियो ।”- मुरारीलालले भन्यो।

“के कुरा उठाउनु भयो नेताजीले ?”-रामेले बुझ्न खोज्यो।

“छिमेकी मुलुकबाट विकासको मूल फुटाउने बाचा गर्नु भएको थियो नेताजीले, अहिले त हिमाल तताउनेहरूसँग  राहत होइन हर्जाना तिर्नुपर्छ भनेर अडान लिनु भाको छ ।अनि मुरारीलाल दाजु खुसी हुने कारण त आर्को पनि हो।”-

यतिबेर कुरा सुनिरहेका भोलाले प्याच भन्यो- “हो र ? भाइ अनि आर्को के कारण हो तिमीलेनै भनिदेऊ ।”-रामेले भोलातिर हेर्दै बुझ्न खोज्यो।

“हाम्रो मुरारीलाल दाजुले त्यही राजनीतिक पार्टीमा प्रवेश पाउनु भएको छ।”- भोलाले सुस्तरी कानमा आएर भन्यो।

“ए ए बल्ल बुझेँ मुरारिलालमा ह्वात्तै आएको परिवर्तनको बारेमा। रामेले बल्ल खाँटी कुरा बुझ्यो।

०००
दाङ घोराही १८
२०८३/०५/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
बैठक

बैठक

भोलानाथ सुबेदी
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x