साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

देखिँदैछ चारैतिर यहाँ अहो ! राइँदाइँ चल्दैछ बाघको छालामा स्यालको रजाइँ हुँदैछ फेरि पीडा पश्चात्ताप आज पनि दिइएछ नि कस्तो कस्तोलाई कजाइँ !

Nepal Telecom ad

अमर सन्तति :

१.
तिमी सागर जिन्दगीको म त सानो कुवा
तिमी सिमल जिन्दगीको म त चिम्टी भुवा
तिम्रो ठूलो साम्राज्य छ मेरो कणझैँ अस्तित्व ,
तिमी बादशाह जिन्दगीको म त तिर्की दुवा ।

२.
मूर्खता चर्चित र ज्ञान मौन छ अचेल
पापको साम्राज्य र धर्म मौन छ अचेल
कसलाई विश्वास गर्ने दोधारमा छु म,
झुटको ख्याति र सत्य मौन छ अचेल ।

३.
जताततै कानचिरा ती जोगी भेटिन्छन्
त्यागी छैनन् कोही पनि भोगी भेटिन्छन्
कस्तो स्वार्थी र लुब्धो छ मान्छेको जात ,
सयमा उनान्सय त द्रव्यरोगी भेटिन्छन् ।

४.
देखिँदैछ चारैतिर यहाँ अहो ! राइँदाइँ
चल्दैछ बाघको छालामा स्यालको रजाइँ
हुँदैछ फेरि पीडा पश्चात्ताप आज पनि
दिइएछ नि कस्तो कस्तोलाई कजाइँ !

५.
कोही आश्वासनका पाला बोकेर आउछन्
कोही सोप्निल सुन्दर माला बोकेर आउछन्
सधैँ झुक्याउछन् देश बनाउछु भन्दै हिँड्नेहरूले,
कोही खै किन मुहारको छाला छोपेर आउछन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x