तेजविलास अधिकारीकेही ठोक्तक
जान्नेलाई छानिएको छ केही होला कि ! शिर ढलेको छैन वीरको केही होला कि ! त्यस्तै गल्ती दोहोरिए भने त पटकपटक सत्र पुस, भदौ बयासी फेरि होला कि !
तेजविलास अधिकारी :
(एक)
चुनावमा मात्र दिने हो नारा र आश्वासन
चाहन्छ जन हाताहाती न्याय र सुशासन
सेवक हूँ भनेर त सेवा पो गर्ने होला नि !
खै कोसँग माग्ने हो छाना नाना र रासन ।
(दुई)
चाहना छ अभिभावकले संरक्षण गरोस्
श्रमिकले पनि साँझ विहान उदर भरोस्
नेतृत्व के सोच्दैछ कुन्नि सबै जान्ने छन्
व्यवहार त भन्दैछ मानौं निमुखा मरोस् ।
(तीन)
जान्नेलाई छानिएको छ केही होला कि !
शिर ढलेको छैन वीरको केही होला कि !
त्यस्तै गल्ती दोहोरिए भने त पटकपटक
सत्र पुस, भदौ बयासी फेरि होला कि !
०००
इच्छाकामना- ३, चितवन
Subscribe
Login
0 Comments
Oldest







































