साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा निर्जीव आकृति

लल्याकलुलुक छन् उसकै लाचार छायाजस्तै सुन्दैन उनीहरूको कान देख्दैन उनीहरूको चक्षु मात्र हो मांसस्वरूप नजिकै फैलिएको छ ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

चल्मलाइरहेछ हिजो आज
एउटा निर्जीव आकृति
छाप्रेली बस्तीमा
भयङ्कर आतङ्क बनेर
के त्यो
विनाशक यन्त्रमानव हो ?
हो वा
कुनै एउटा
प्राचीन रूढिको
भयानक दैत्य
अझ भनौं
मानवता डढाउने
चैते डढेलो
जसमा देखिदैन
कुनै केही संवेदना
शून्य मानवताको कोणबाट
गजव लाग्ने आकृति
देखाइरहेछ अनौठो गतिविधि
आह्वान गर्दै मुर्दा शान्तिको
ओढेर पवित्र ध्वजा
केही थान
अन्धभक्तहरू
भनिरहेछन् जय जय
तथाकथित प्रभुको जयगानसँगै
मिठ्याइ रहेछन् स्याले जिब्रो
समानान्तर
सुनिन थालेको छ
सानो भएपनि आवाज
चीत्कारमय बस्तीको
यतिबेला
चुपचाप छ
राष्ट्रिय भत्ता आयोग
दवावमा गुमाइरहेछन् विवेक
न्यायका वितरकहरू
केवल मूर्तिजस्ता मात्र
कलम ढालेर
चुपचाप
चुपचाप छन्
प्रज्ञाहरू
यतै कतै
भेटिन्छन् दोहोरी साँझमा
केही युवा सांसद
साटिरहेछन् विजयी भाव
छाडेर समसामयिक विषय
थप केही आएको छैन
सूचनाजीवीहरूबाट
तोडमोड गरेर तथ्य
प्रसारण भइरहेछन्
ब्रेकिङ् न्यूज
तथापि
सोकेसका
समानुपतिक सांसद
छन् चुपचाप अभियान मै
कुनै प्रतिक्रिया छैन
लगाइ जिब्रोमा ताल्चा
बिर्सिएर निकट विगत
नबोल्ने वाचा लिएजस्ता
एउटा निर्जीव आकृति सामुन्ने
लल्याकलुलुक छन्
उसकै लाचार छायाजस्तै
सुन्दैन उनीहरूको कान
देख्दैन उनीहरूको चक्षु
मात्र हो मांसस्वरूप
नजिकै फैलिएको छ
उजाडिएको बस्तीमा
चरम चीत्कार
श्वेतआतङ्क अगाडि पनि
नानीहरू खोजिरहेछन् पुस्तक
खोजिरहेछन् कलम
शायद
खोजिरहेछन्
मौलिक अधिकारका सूची
जहाँ
खोसिएको बेला पनि
न्यूनतम् अधिकार ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
यो वर्ष !

यो वर्ष !

तेजविलास अधिकारी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x