साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरघर जब छोरी रम्दछन् …

तरह तरह इच्छाशक्ति जाग्छन् बुलन्द मुसुमुसु मुसु हाँस्दै छर्दछिन् यी उमङ्ग सुललित रचनामा सृष्टिले सत्य चुन्छ घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

जपतप गर राम्रो जन्मिने छिन् कुमारी
जनक र जननीकाे दिव्य ऊर्जा उमारी
नियति पनि खुसीले सम्झिँदै जाे रहन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ।।

सुखमय घर हाेलान् बालिका छिन् प्रफुल्ल
कनकमय धरामा लाग्दछिन् यी सुरम्य
हरपल तनयामा शुद्ध मायाँ बहन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ।।

कलकल सरिताझैँ स्वच्छ चाला अभिन्न
भय रहित हुँदै छन् हर्षले भिन्न भिन्न
सुमधुर धुन उस्तै नेत्रमा चित्र बन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ।।

मधुरमय सुधाझैँ बाल बाेली मिठास
सजल सबल बन्छिन् छुट्छ सारा निराश
हरपल खुस बन्छिन् भावले जाे कहन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।।

तरह तरह इच्छाशक्ति जाग्छन् बुलन्द
मुसुमुसु मुसु हाँस्दै छर्दछिन् यी उमङ्ग
सुललित रचनामा सृष्टिले सत्य चुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x