साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली

बल्लतल्ल बुझ्न थाले बुढ्याैलीका व्यथा पात्रमा छन् सम्मानित बा आमाका कथा अक्षरका पुजारीका अक्षर नै हुन् साथी धन सम्पत्ति भन्दा कृति लाग्छन् ज्यथा ।

Nepal Telecom ad

इन्दिरा प्रयास :

१.
बुढ्याैली आयो र त सबै कामबाट पार पाएँ
आफन्त परिवारकाे सहयोग र आधार पाएँ
फुर्सदमा शब्दको बेर्ना सार्न प्रयास भएदेखि
आफ्नो नाम अगाडि कवि मुक्तककार पाएँ ।।

२.
कपाल र दारी फुल्याे परिपक्क बनायाे
नेत्रले चस्मा पायाे साथमा लाैराे थमायाे
बसमा चड्नसाथ सिट खाली गरिदिन्छन्
बुढ्याैली कहर हैन सम्मानले मन रमायाे।।

३.
तिमी हैन बा हजुर आमा हजुर भन्छन्
अपरिचित किन नहुन् सहारा पाे बन्छन्
जे हाेस् बुढ्याैलीसँग म मख्ख भएको छु
सबैभन्दा जेठाे पाकाे भन्दै मान्य गन्छन्।।

४.
बल्लतल्ल बुझ्न थाले बुढ्याैलीका व्यथा
पात्रमा छन् सम्मानित बा आमाका कथा
अक्षरका पुजारीका अक्षर नै हुन् साथी
धन सम्पत्ति भन्दा कृति लाग्छन् ज्यथा ।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x