फित्काैली डटकम‘खाइराइड’ कृतिमाथि समीक्षा लेख्ने विद्यार्थीहरू पुरस्कृत
नगद रू. १५०० नगदसहित प्रथम- झरना चौहान, रू. १००० सहित द्वितीय- सुष्मा शिवा, जनही रू. ५०० सहित तृतीय- निष्मा प्रधान र विनिता प्रधान र जनही रू. ३०० सहित सान्त्वना पुरस्कारले दिपेन बस्नेत र अस्मिता प्रधान पुरस्कृत भएका छन् ।

दावाँ, भोजपुर २०८१ चैत २१ । राजेन्द्र कार्कीद्वारा लिखित र फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका समीक्षात्मक टिप्पणी लेख्ने विद्यार्थीहरूलाइ पुरस्कृत गरिएकाे छ ।
भोजपुर नगरपालिका- ३, दावाँमा अवस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा अतिरिक्त पाठ्यक्रम अन्तर्गत समावेश गरी गत मंसिर महिनादेखि ‘खाइराइड’को पठनपाठन गरिएको थियो । उक्त सङ्ग्रहको अध्ययन पश्चात शिक्षकको निर्देशनमा रही विद्यार्थीहरूलाई समीक्षा लेखनमा पनि सरिक गराइएको थियो ।
समीक्षा टिप्पणी लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद रकम प्रदान गरियाे ।
नगद रू. १५०० नगदसहित प्रथम- झरना चौहान, रू. १००० सहित द्वितीय- सुष्मा शिवा, जनही रू. ५०० सहित तृतीय- निष्मा प्रधान र विनिता प्रधान र जनही रू. ३०० सहित सान्त्वना पुरस्कारले दिपेन बस्नेत र अस्मिता प्रधान पुरस्कृत भएका छन् ।
कृष्ण लक्ष्मी प्रतिष्ठानले शिक्षक विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो र त्यही अवसरमा पुरस्कार वितरण गरिएको हो । शिक्षक- कर्मचारीलाई ट्याकसुट वितरणको अवसर पारी नेपाल सरकारका पूर्व परराष्ट्र सचिव एवं संयुक्त राष्ट्र सङ्घका पूर्व स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङ राई, वि. व्य. स. का अध्यक्ष ज्ञानबहनदुर बस्नेत र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठद्वारा नगद पुरस्कार प्रदान गरिएको थियो ।
यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमताको विकास हुनुका साथै अरूका कृतिमाथि आफ्नो दृष्टिकोण राख्ने क्षमताको पनि विकास हुने कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद भट्टराईले बताउनु भयो ।
छात्रछात्राले खाइराइड कृतिमािथ लेखेका र पुरस्कृत गरिएका समीक्षात्मक टिप्पणीहरू राजधानीबाट प्रविष्ट हुँदै आएकाे हास्यव्यङ्ग्य प्रधान अनलाइन पत्रिका फित्काैली डटकममा क्रमश: प्रकाशित हुने भएकाे छ ।
०००
– शरण खत्री, दावाँ, भोजपुर







































पठनसंस्कृतिको प्रवर्धनकानिम्ति कृति समिक्षालेखनकार्यले पठनमा उर्जा थपेकोछ| खाईराईडकृति बिद्यालयमा पढाई हुनुले बिद्यार्थीबर्गमा पठनमा उत्प्रेरणा थपेकोछ| यस्तो कार्यको अनुशरण नेपालका अरू बिद्यालयहरूले पनि गर्नुपर्छ|