बिन्दु दहाल ‘मूकदर्शक’सत्य बात
घुल्दैन घोल्दा जल तेलसाथ एकाम्य हुन्नन् दिन काल रात । फल्दै नफल्ने पनि हुन्न नाभो रोपेर गोडे फल दिन्छ गाभो ।
बिन्दू दहाल मूकदर्शक :
रोप्दै नरोपे फलफूल बोट
चल्दैन जिब्रो अनि दाँतओठ ।
विश्वास बेच्ने कति छन् दलाल
बेचेर हिँड्छ्न् मनको रुमाल ।१
चाटेर बस्छन् हर रात कोल
भन्छन् तिनैले अनि खान्न झोल ।
नि:स्वार्थ दिन्छन् फल वृक्ष सारा
सक्दैन कोही पनि गन्न तारा ।२
घुल्दैन घोल्दा जल तेलसाथ
एकाम्य हुन्नन् दिन काल रात ।
फल्दै नफल्ने पनि हुन्न नाभो
रोपेर गोडे फल दिन्छ गाभो ।३
बाँङ्गो हुँदैनन् रविरश्मि धागो
पोल्दै नपोल्ने पनि हुन्न आगो ।
खुट्टा उचाले सुरु हुन्छ यात्रा
खानू सधैँ औषधि ठिक्क मात्रा ।४
सङ्लिन्छ धर्ती जब पर्छ पानी
बस्दैन उस्तै तनको जवानी ।
बाटो छ एकै नृप रङ्क जाने
लाने छ तानी नरले नमाने ।५
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































