साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म प्राज्ञ

म हिँडेको बाटोमा भुस्याहा कुकुर रहेछ भने उसले पनि मलाई धुरन्धर प्राज्ञ आउनुभएछ भनी पुच्छर हल्लाउँदै चुपचाप बाटो छोडिदिन्छ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

म हिजोसम्म मूर्ख थिएँ
म लेख्थेँ तर मेरा सिर्जना कसैले पढ्दैनथिए
सायद ठान्थ्यो दुनियाँ पतझड जङ्गलमा
झरेका सस्ता पात जस्तै मेरा सिर्जनाहरू
म अर्थहीन ,महत्त्वहीन स्रष्टा थिएँ
मेरो कौडीको भाउ थिएन ।
मैले बिस्तारै परिवेश बुझेँ
थोरै खुराफात सिकेँ
थोरै ढाँटढुटको मन्त्र जप्न थालेँ
सेतोमा कालो , कालोमा सेतो दल्न थालेँ
हनुमान् को भूमिकामा सकीनसकी उभिन थालेँ ।
यति गर्न थालेको वर्षदिन के बितेको थियो
सरकारले मलाई प्राज्ञ घोषित गरिदियो ।
हिजोको म अज्ञ
रातारात प्राज्ञ भएँ
सबैले नमस्कार गर्न थाले
मेरा मूल्यहीन हिजोका पतिङ्गरे कविताहरू
गोरखा पत्र , मधुपर्क पत्रिकाहरूले
खोजीखोजी छाप्न थाले ।
अहिले मेरो भाउ बढेको छ
छापावाल सुनको जस्तै ।
म यस्तो प्राज्ञ भएँ कि
म हिँडेको बाटोमा भुस्याहा कुकुर रहेछ भने
उसले पनि मलाई धुरन्धर प्राज्ञ आउनुभएछ भनी
पुच्छर हल्लाउँदै चुपचाप बाटो छोडिदिन्छ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x