फित्काैली डटकमरकमी हस्ताक्षर
छोराको यस प्रश्नले हाकिमसाब केही बोलेनन्। त्यतिबेला उनीलाई लाग्यो यो रकमी हस्ताक्षर गर्ने मसी होइन त्यही गरिब मनबिरे काकाको पाँचसय रूपैयाँको पसिना चुहिएको थियो ।
नारायण विक्रम जिसी :
कार्यालयमा भर्खर सरुवा भएर आएका हाकिमसाबको सुरू सुरूमा कामको त ठूलै चर्चा चल्यो । अब केही हुन्छ। ठिकठाक प्रशासनिक सबै कुरा चुस्त दुरूस्त समय बित्दै गएपछि ती सबै काम हुनका लागि उहाँको रातो कलम चलेपछि एकै पटकमा हुन्थ्यो तर कलम चल्नु अघि टेबलमुनिबाट केही चल्नु पर्थ्यो।एक दिन मनबिरे काका बढो उत्साहका साथ छोरालाई परेको छात्रवृत्तिको फाइल बोकेर हाकिमसाब कहाँ पुगेर भन – “सर,यो छोराको छात्रवृत्तिको फाइल, जेहेन्दार छ पढन पाउँथ्यो कि ?” हाकिमसाबले त्यो फाइल ओल्टाई पोल्टाइ हेरे। चस्माको डीलमाथिबाट मनबिरे काकालाई माथिबाट तलसम्म हेरे र भने – लौ, “फाइलका कागजपत्र सबै ठिक छ ।अब हस्ताक्षर गर्नु पर्छ ?” हाकीमसाबको यो कुराले मनबिरे काका खुसी हुँदै दुई हात जोडेर भने – ‘धन्यवाद सर !’
‘तर ?’ भन्दै उनले उठाएको कलम पनि फेरि टेबलमा राखे र भने व्यवस्था गर्नुपर्छ ? यो शब्दले उनी त अलमल्ल परे र हाकीमसाब कुरा नबुझेर उनीलाई हेरर प्रश्न गर्दै भने – ‘कस्तो व्यवस्था ? सर।’
उसले उत्तर दियो- ‘यो एउटा हस्ताक्षरको ।’
मनबिरे काकाले सोचे छोराको भविष्य बन्छ भने मसँग भएको यो पैसाको के काम ? उनले स्टकोटको गोजी छामे र पाँचसय नोट निकाली देखाउँदै भने – सर, मसँग यतिमात्रै छ यो पनि बुढीको औषधि लाने पैसा हो ? यसले काम चल्छ ?
काकाको कुरा सुनेपछि हाकिमसाबले हाँस्दै भने – काका, यसले त मेरो यो कलमको ढकनी पनि खुल्दैन ? हाकिम यो कुराले निराश मनबिरे काका छोराको फाइल बोकी घरतर्फ फर्किए । त्यहीँ साँझ हाकिमसाबको छोराको लागि विदेश छात्रवृत्तिमा पढन जानका लागि छात्रवृत्तिको फाइल आयो । त्यस फाइलमा लेखिएको थियो- अत्यन्त गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेष छात्रवृत्ति। फाइलमा आफ्नै छोराको नाम थियो। छोराको नाम देख्नेबितिकै हस्ताक्षर गरिदिए।
बुबाको यो कुराले छोरो आश्चर्यचकित हुँदै सोध्यो- ‘बुबा, म यो छात्रवृत्तिमा कसरी परेँ ?’
हाकिमले गर्वका साथ भने – “मेरो हस्ताक्षरले ।” बुबाको यस्तो उत्तर सुनेर छोराले मुस्कुराउँदै सोध्यो – “बुबा ,यो छात्रवृत्तिको सूचीमा त, मनबिरे काकाको छोराको नाम थिएन र !”
छोराको यस प्रश्नले हाकिमसाब केही बोलेनन्। त्यतिबेला उनीलाई लाग्यो यो रकमी हस्ताक्षर गर्ने मसी होइन त्यही गरिब मनबिरे काकाको पाँचसय रूपैयाँको पसिना चुहिएको थियो ।
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest











































