साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ अन्तर्गत प्रथम पुरस्कारद्वारा सेवन्त आचार्य पुरस्कृत

प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई र संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संयुक्त रूपमा प्रमाणपत्र, ‘बाङ्गा अक्षर’ कृति र नगद रु. २०,०००/- (बीस हजार रुपैयाँ) प्रदान गर्नुभयो।

Nepal Telecom ad

इलाम । इलामका उदीयमान प्रतिभा सेवन्त आचार्यले यस वर्षको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ अन्तर्गत प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ।

भ्यान्कुभर, क्यानाडा निवासी हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित तथा ‘बाङ्गा अक्षर’ क्यालिफोर्नियाद्वारा आयोजित विश्वव्यापी विद्यालय स्तरीय प्रतियोगितामा इलाम नगरपालिका, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत आचार्य उत्कृष्ट ठहरिनुभएको हो।

इलाममा आयोजित ‘स्मृतिका पानामा भानुभक्त भट्टराई’ कृतिको लोकार्पण समारोहका बीच आचार्यलेलाई प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई र संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संयुक्त रूपमा प्रमाणपत्र, ‘बाङ्गा अक्षर’ कृति र नगद रु. २०,०००/- (बीस हजार रुपैयाँ) प्रदान गर्नुभयो।

प्रतियोगितामा देशभरिका विद्यालयहरूबाट कडा प्रतिस्पर्धाका बीच अन्य विधागत विजेताहरूको पनि घोषणा गरिएको थियो। जसमा डियरवाक सिफल स्कुल, काठमाडौँका कक्षा १० मा अध्ययनरत छात्र सुबिज्ञ राज खरेलले द्वितीय स्थान हासिल गर्दै नगद रु. १०,०००/- प्राप्त गरेका छन्। यसैगरी, श्री कान्ति भैरव गुरुकुल, काठमाडौँका छात्र पुसप खरेल र काभ्रे इङ्लिश माध्यमिक विद्यालय, काभ्रेकी छात्रा स्वीकृति तामाङले तृतीय स्थान प्राप्त गरी जनही नगद रु. ५,०००/- सहित सम्मान-पत्र प्राप्त गर्न सफल भएका छन्।

कार्तिक महिनामा आयोजित यस गरिमामय पुरस्कार वितरण समारोहमा प्रथम पुरस्कार विजेता सेवन्त आचार्य आफैँ भौतिक रूपमा उपस्थित भई पुरस्कार ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका वरिष्ठ साहित्यकार, बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। विद्यालय स्तरमै रहेर हास्यव्यङ्ग्य साहित्य जस्तो ओझिलो विधामा इलामका विद्यार्थीले प्राप्त गरेको यो गौरवमय उपलब्धि उनको सिर्जनात्मक क्षमता, मेहेनत र साहित्यप्रतिको रुचिको सुन्दर प्रतिफल हो, जसले समग्र जिल्लाकै साहित्यिक साखलाई अझ उचो बनाएको छ।

०००
इलाम अनलाइनकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x