साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरमाथि चण्डाल

नेता लोभी, मन पापी जनताको घरमा नुन छैन नेताको मनमा गुन छैन चोरमाथि चण्डाल, नेताको कर्म आखिर उस्तै हो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

नेताज्यूको
देश बनाउने हुटहुटी
हुटिट्याउँको आकाश थाम्ने हुटहुटी
आखिर उस्तै हो।

मौकामा हिरा नफोर्ने
समय बितेपछि भित्ता कोत्रने
नेताज्यूको बानी
चल्ला चोर्ने स्यालको कथा
आखिर उस्तै हो।

नेतै नेता
न एता न उता
एकादेशकी महारानी
कसले भर्ने पानी
नानीदेखि लागेको बानी
आखिर उस्तै हो।

नेतालाई कुर्ची
चम्चाहरूको फुर्ति
जनताको आँखामा छारो
आखिर उस्तै हो।

नेताको भर
तासको घर
न आगो न पानी
आकाशको फल
आँखा तरी मर
आखिर उस्तै हो।

नेता कुर्चीभोगी
जति खाए पनि नअघाउने अगस्ती
गाइको छालामा चितुवाको नाच
नाच्न नजान्ने आँगन टेढो
आखिर उस्तै हो।

नेता लोभी, मन पापी
जनताको घरमा नुन छैन
नेताको मनमा गुन छैन
चोरमाथि चण्डाल, नेताको कर्म
आखिर उस्तै हो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x