सुभाषचन्द्र देवकाेटाप्रश्न गर्न मनाही छ…
म, आखिर म हुँ। मेरो धुन्धुभी यात्रामा, मेरो निर्विकल्प बाटोमा विकल्प सोच्न मनाही छ। प्रश्न सोध्न मनाही छ।
सुभाषचन्द्र देवकाेटा :
उहाँले भन्नुभयो,
अब बोल्न मनाही छ।
अब हिँड्न,
कुद्न मनाही छ।
मेरो आदेशबिना सोच्न मनाही छ।
मेरो अनुमतिबिना
पिपलको रूखलाई पात हल्लाउन मनाही छ।
बागमतीलाई पानी बगाउन मनाही छ।
चराहरूलाई आकाशमा उड्न मनाही छ।
मेरो सत्तामाथि
आँखा लगाउन मनाही छ।
म तिर औँलो ठड्याउन मनाही छ।
मेरो अनुमतिबिना हावा चल्न मनाही छ।
आँखा झिम्क्याउन मनाही छ।
म विधि–विधानभन्दा माथि छु।
मेरो आदेशमाथि प्रश्न गर्न मनाही छ।
मेरो राजशाहीमाथि औँलो उठाउन मनाही छ।
म,
आखिर म हुँ।
मेरो धुन्धुभी यात्रामा,
मेरो निर्विकल्प बाटोमा
विकल्प सोच्न मनाही छ।
प्रश्न सोध्न मनाही छ।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest






































