साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरछाप कुकुर…..

कुकुरहरू पुच्छर हल्लाउँदै छिनभरमा जम्मा भए। कुकुरहरू चर्को स्वरमा मुकुटधारी कुकुरको जयजयकार गर्न थाले।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

“तँ को होस् ?” मैले सोधे।
“चिन्दैनस् ?” कुकुरले झोक्किएर भन्यो,
“म, कुकुर।”

“शिरमा मुकुट छ त ?” मैले भने।
कुकुरले फुर्तिसाथ भन्यो,
“मालिकको कृपा।”

मैले थपें,
“उसोभए त पनि राजा ?”
कुकुरले घोसे मुन्तो लगाएर सुस्तरी भन्यो,
“राजा भएर के गर्नु,
मगज नै छैन, मालिकले लग्यो।”

यति भन्दै
कुकुरले खुट्टा उचाल्यो
र तुर्कायो।

मैले सोधें,
“लाज लाग्दैन ?”
कुकुरले भुक्दै झर्केर भन्यो,
“तुर्क्याउनु मेरो धर्म हो,
किन लाज लाग्नु ?”
मुस्कुराउँदै कुकुरले भन्यो,
“मैले कट्टु लगाएको नै छैन।”

मैले भने,
“मुकुटको मर्यादा राख्नु पर्दैन ?”
कुकुरले मलाई घुर्दै भन्यो,
“मर्यादा ?
कुकुरको मर्यादानै
भुक्नु, तुर्क्याउनु र हड्डीको लागि
लुछाचुडी गर्नु हो।
म त्यही गरिरहेको छु।”

यत्तिकैमा
मुकुटधारी कुकुर ठूलो स्वरमा भुक्यो।
उसको आवाज सुनेर
कुकुरहरू पुच्छर हल्लाउँदै
छिनभरमा जम्मा भए।

कुकुरहरू
चर्को स्वरमा
मुकुटधारी कुकुरको जयजयकार गर्न थाले।

म चुपचाप उभिइरहेँ।
त्यो दिन मैले बुझेँ,

मुकुट टाउकोमा थियो,
मगज मालिकसँग।
र पनि कुकुर आफ्नो राजासँग
खुसी थिए।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x