साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतिका बुटुना

पटके छुकका चटके रमिता गति कान फुटे नसुनौ अब ता सुनिदैन सुक्यो स्वर मानवता छल युध्द दया करुणा ममता।

Nepal Telecom ad

ओम आचार्य :

अधुरा सपना दुबिधा विपना
अति प्रष्ट चिरा चिरिने नमुना
अदना सठका छिचिरा थुतुना
खिचलो घरमा मतिका बुटुना ।१।

जगको भर छैन बलो र धुरी
धमिरैधमिरा खतरा बुकुरी
दल हो कि त बादल भै चल हो
बुझिदैन यसै खल या छल हो ।२।

कति प्वाल परे कति प्वाल भरे
छलछाम गरे कति जाल परे
जति फूल फुले फलनै कुहुने
बल राम बने बलनै नहुने।३।

जति साँढ बढे उतिनै उछितो
जति मात बढे उतिनै पछुतो
विधि मिच्न सबै सयमा सय छन्
गति वेग खली भलका लय छन् ।४।

जनता छ कता न यता न उता
दुःखमा छ विपत्ति झनै थपिँदा
जन, गास र बास रुवा पुरियो
शवको पहिचान सबै तुरियो।५।

पटके छुकका चटके रमिता
गति कान फुटे नसुनौ अब ता
सुनिदैन सुक्यो स्वर मानवता
छल युध्द दया करुणा ममता।६।

०००
अर्घाखाँची।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
समयले दिएको बाध्यता

समयले दिएको बाध्यता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x