साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भदौरे नाटक र बुढो रुखको फाटक

बुढो रुखले चिसो घाम ताप्दै भन्छ- हावामा तलबार नचाउनेहरू अर्कैले ज्यान बचाउनेहरू हुक्काँ बुढा गोरूहरू के गरूँ, के नगरूँ जरा खल्किसके लाग्छ मै मरुँ ? या, फेरि पलाउँ प्रभु हैन ! कसरी अगाडि सरुँ।

Nepal Telecom ad

ओम आचार्य :

जोशहरू जोस्सिए
अगाडि बढ्दै थिए
थाहै भएन
बोली चलेन
गोली चल्यो ।

माहुरीका गोला थिए
शान्त भोला थिए
अरिङ्गाल आए
रानी उडाए
घार बिच्काए
खाने खाए/अघाए
नखाने भगाए ।

यसै बीच,
आगोले सर गर्‍यो
डरले घर गर्‍यो
सिंह श्याल बने
श्यालले आफूलाई सिंह भने
काल पर्खे, दिन गने
पुर्न बिर्से खाल्टो खने।

दृश्यमा,
कोही गल्दै थिए
कोही ढल्दै थिए
कोही जल्दै थिए
समय पड्कदै थियो
गारद सम्मान सलामी दियो
उही राष्ट्रिय खेल
दण्डीवियो।

जोरजाम सस्तो लाग्छ
अनाम जस्तो लाग्छ
अर्कैको चूलो
अर्कैको धुलो (पिठो)
अर्कैको भदालो
ओराले ढिँडो
खुबै फत्काए
रमे रमाए, लत्काए
जे थियो करिब सबै भत्काए ।

त्यो बेला,
होसहरू पनि बाटोमै थिए
होस हराउनु अगाडि
हटेजस्तो लाग्थ्यो पछाडि
कतै चिच्याए /कराए
कतै डराएर /हराए
कसैले मन पराए
कसैले घँसाए/चराए ।

रमिता छ आज
उडेको छ ताज
समय बिच्काउँदै, उड्दैछ बाज
आँशु झार्दैछन् गोही
आशा गलाउने तमासा सही
अन्त होइन ,मात्र शुरु भएको छ
हेक्का रहोस्
भन्छन् कोही कोही
देशकै सातो गएको छ।

बुढो रुखले चिसो घाम ताप्दै भन्छ-
हावामा तलबार नचाउनेहरू
अर्कैले ज्यान बचाउनेहरू
हुक्काँ बुढा गोरूहरू
के गरूँ,
के नगरूँ
जरा खल्किसके
लाग्छ मै मरुँ ?
या, फेरि पलाउँ प्रभु
हैन ! कसरी अगाडि सरुँ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x