साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता समात्ने भए

लाटो झैँ चुपचाप बस्छ बहिरो कानै नसुन्ने सरी नौलो छैन कुनै विकास पथको देखिन्छ उल्लु सरी ढाँचा गर्छ सुधार छैन मनमा आफैँ सराप्ने अनि बैरीको शिर उच्च रात दिन नै आफैँ बिकामे पनि ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

बग्दैथ्यो पसिना समस्त जनमा कालो भयो मौसम
स्वार्थीका मनमा छ पाप जहिले हान्यो बरा निर्जन
गोलीका भरमा र आगजनले खायो सबै सम्पति
नाङ्गो देश बनाउने नरहरू जाकिन्छ आफैँ कति ।

खाएको रुपियाँ पचाउन यहाँ सत्ता समात्ने भए
हान्यो रे बसिला स्वयम् प्रखरता छाडा सरी भै गए
सारा ध्वस्त भयो उजाड सिउँदो, रित्तो भयो काख नि
हत्या भो कतिको अकाल भेलमा निर्दोष पर्दा अनि ।

सत्ताको हुरीमा बतास घरमा लाग्दो भयो बेगले
कैयौँको सपना चिहानतिर गो बाँच्ने बसे रोगले
आकस्मिक् घटना थियो शहरमा सारा जले देशमा
कालो दाग लगाउँदै मुलुकमा आतङ्क भो रेसमा ।

जल्यो देश र शोकमा सब रहे बन्दुक भयो दोषमा
जालीको सपना पुरा हुनगयो सारा भए रोषमा
कालो कर्म गरेर जेल हरियो काला भए मालिक
निष्ठा धर्म रहेन नैतिक कुरा बोल्दैन त्यो शालिक ।

कालो रात बनाउने नरहरू यो देशका घातक
सत्ताको अति लुब्ध सिंह सरी भै लुछ्यो भयो नाटक
अर्काको भरमा छ बुद्धि जहिले बेहाल शिक्षा उता
जान्ने हूँ युगको सिपालु भरको भन्दै थियो रे यता ।

जिद्दी थ्यो करुणा थिएन उसमा सारा जलायो घर
भ्रष्टाचार हटाउने लहडमा निर्दोष देख्यो तर
विश्वासै मनमा थिएन उसमा योद्धा सरी भो नर
आफैँ भो नरको पिपासु जनको लुक्दैछ आफैँ पर ।

लाटो झैँ चुपचाप बस्छ बहिरो कानै नसुन्ने सरी
नौलो छैन कुनै विकास पथको देखिन्छ उल्लु सरी
ढाँचा गर्छ सुधार छैन मनमा आफैँ सराप्ने अनि
बैरीको शिर उच्च रात दिन नै आफैँ बिकामे पनि ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x