साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेन्जी सहिद र मेरो सोझो दिमाग

उनीहरूले त आफ्नो बाटो बनाए, हामीलाई बाटो देखाइदिए, अब त भन्नुहोस् नेताज्यू, हजुरको नयाँ भाषण कहिले आउँछ ?

Nepal Telecom ad

नन्दलाल आचार्य :

हजुर ! म त अलि कमै पढेको, उमेरले आधा उकालो काटिसकेको मान्छे,
न जानेँ कुनै दर्शन, न त बुझेँ ठूला कुराको ठम्याइ ।
गाउँमा हलो जोत्दा-जोत्दा हातका ठेला नीला भइसके,
शहरतिर चल्ने यो उत्तरआधुनिक हावा मैले कसरी बुझूँ ?
मेरा बाले भन्थे, “राणा फालेपछि देश स्वर्ग हुन्छ ।”
मैले ठानेँ, “पञ्चायत ढलेपछि दुखाउनु पर्दैन दुख्ने टाउको ।”
६२/६३ मा शहरतिर जुलुस निस्कँदा सोचेँ, “अब त दुःख सकियो,”
तर मेरो गाउँको रित्तो चुलोले कहिल्यै नयाँ व्यवस्था देखेन ।
अनि एकाएक एक वर्ष अघि ती साना केटाकेटीहरू निस्किए,
हातमा मोबाइल समातेका, काँधमा झोला बोकेका जेन्जीहरू ।
हामी त भन्थ्यौँ- “यी त दिनभर स्क्रिन घोटेर बिग्रेका फुच्चाफुच्ची हुन्,
यिनलाई के थाहा देशको पिर, यिनलाई के मतलब भविष्यको पसिना ?”
तर भित्तामा लेखिएका ठूला कुरा र भाषणका ठेलीभन्दा,
ती साना हातले कोरेका टिकटकका भिडियो धेरै साँचा थिए ।
हामी बुढापाका त कुर्सीका अघिल्तिर शिर झुकाएर नमस्कार गर्थ्यौँ,
ती साना केटाकेटीले त सीधै सोधे- “हाम्रो भविष्य खोइ त बाआमाहरू ?”
धिक्कार छ मेरो यो पचास वर्षे सोझो दिमागलाई,
जसले ती केटाकेटीलाई खाली रिल बनाउने मात्रै सोच्यो ।
जब उनीहरू छातीमा गोली खाएर सडकमा ढले,
तब बल्लतल्ल बुझेँ- उनीहरू त देशको बिग्रिएको सिस्टम रिबुट गर्न आएका रहेछन् ।
नेताज्यूहरू ! हजुरहरूका भाषणमा त देश उहिल्यै सुखी भइसक्यो,
तर ती सहिद भएका साना बाबुनानीहरूले हजुरको सुखको खोल खोलिदिए ।
हामी त जिउँदै मरेर पनि हाँसीहाँसी जिउँदो लास बनेका थियौँ,
ती साना जेन्जीहरूले मरेर पनि यो देशलाई ब्युँझाइदिए ।
हँसाऊँ कसरी म ? म त सोझो मान्छे, मलाई ठट्टा गर्न पनि आउँदैन,
तर हाँसो उठ्छ आफ्नै लाचारीमाथि, आफ्नै सोझोपनमाथि ।
जसलाई हामीले केही नजान्ने केटाकेटी भन्यौँ,
तिनैले आफ्नो रगतले नयाँ इतिहासको अपडेट लेखेर गए ।
अहिले गाउँको डाँडामा बसेर आफ्नो फुटेको हात हेर्छु,
अनि सोच्छु- ती जेन्जी सहिदहरूले हाम्रै लागि प्राण दिएका हुन् ।
उनीहरूले त आफ्नो बाटो बनाए, हामीलाई बाटो देखाइदिए,
अब त भन्नुहोस् नेताज्यू, हजुरको नयाँ भाषण कहिले आउँछ ?

०००
२०८३ भदौ २३ गते, (जेन्जी सहिद दिवस)
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x