साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फँणा फिजाए नि तँ मेरै आहारा होस्

यता गरूड पखेटा फिंजाएर उडेको देखेर सर्प गलाबाट गरामा निर्धक्कसँग ओर्लियो र तिनिक्क तन्कियो ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

एक चोटी कैलाशपति शिवले बोलाएकाले विष्णु गरूडमा सवार गरी कैलाशमा पुग्नु भयो। शिवको बाहन साँढे गलाको गहना सर्प। गरूड र सर्प श्रृष्टिकाल देखिका शिकारी र शिकार अर्थात गरूडको आहार सर्प प्रकृति  प्रदत्त नै भन्नुपर्छ।विष्णु र शिव आपसमा भलाकुशारीगर्न लागे। शिवको गलामा सर्प, विष्णुको छेउमा गरुड बसिरहेका थिए। उता शिव र विष्णु उनीहरूकै विषयमा छलफलमा व्यस्त थिए। यता भने सर्प बेला बेलामा फ्याँ/ फ्याँ गर्दै थियो। यी दुईका चर्तिकला हेर्ने र सुन्ने संहारकर्ता रूद्र र पालनकर्ता बिष्णुलाई मतलवहुने कुरै भएन।

जब छलफल टुङ्गियो तब आफ्ना आसनबाट दुवै भगवान उठे। सर्पले जात जनाएर फ्याँ गरेको थियो गरूड पनि के कम उस्को पालो भनी हाल्यो- ‘हेर लम्ब तF अैले महादेवका गलामा भएकोले फ्याँ गरेर मलाई दंग्याईस् तर हेर तिमीहरू लामकिरा जति सबै हाम्रै आहारा त हौ। फँणा फिजाए नि तँ मेरै आहारा त होस् । गलाबाट गरामा झर्न मात्रै अनि त मेरो शिकार भै हाल्छस्।”

यो सुनेर शिवले भने ‘लक्ष्मीपते ! यी प्राणीहरू हाम्रा आडमा बस्दा त यति फुर्ति गर्छ, हामीले शक्तिनै दियौँ भनेत यसले हामीलाई पनि प्रतिप्रहार गर्छ।“ विष्णुले भने- त्यसैले त नोकर चाकर र वाहनलाई अति निकट राख्नु हुन्न पार्वती पते !”

“हो बैकुण्ठ नाथ ! आड भरोसा भन्ने कुरा ठूलो रहेछ ।” कैलाशपतिले भने । साँढे उता ठूँ गर्दैथ्यो। यता गरूड पखेटा फिंजाएर उडेको देखेर सर्प गलाबाट गरामा निर्धक्कसँग ओर्लियो र तिनिक्क तन्कियो । कैलाशपतिले देखेर मनमनै भने ‘मेराे गलामा बसे नि डर त लागेकै रछ नि।’

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x