ठाकुरप्रसाद अधिकारीरैथाने व्यापारको करामत !
उसको अन्तिम नयाँ आइडिया निकाल्यो उनले आफ्नो पिरो रायो साग व्यापारीको होडिङ बोर्डमा ‘खाँटी रैथाने व्यापारी’ खुसुक्क नाम स्वयम् आफैले राख्यो ।
ठाकुरप्रसाद अधिकारी :
शहरमा एक प्रसिद्ध खर्पने बस्दथ्याे । खर्पन उनको लागि उत्तम व्यापार हो । राम्रा कुरा झिके मुखभरि गाली दिन्थ्यो ऊ । टापटिपे कुरामा उसले कथा हालेर मध्यरात सम्मको निद्रा बिगारी दिन्थ्यो । देख्ता उसको ग्रीन साग व्यापार झकझकास नै थियो । धर्म कर्म र मर्मको काम गर्दा समेत झक्कास बवराउने गर्दथ्यो । कहाँ पो थिएन उसको बिल्डिङ, कहाँ पो थिएन उसको लागि शहर । उसका जति घर थिए उतिनै उसका अग्ला र सग्ला बिचार थिए । अविकसित आधितुफान अतिशून्य बेला हाँसोका कुरा आफ्नै आँखामा खोज्थ्यो । सद्चार र सदाशयतामा कति समय कटायो ।
उसको प्रमुख व्यापार जिरोपिरो रायोको साग बेच्नु थियो । ऊ सबको खर्पनबाट स्यावासी पाउने ध्येयले सबैलाई झझल्को दिन बलियो टायरको चप्पल खुट्टोमा उनेर घाँटीदेखि कुरकुच्चासम्म छपक्क छोपेर रेथाने पोशाक पैतालालातिर लतारेर बरवराउँदै हिँड्थ्यो । एक दिन त कता हो असन इन्द्रचोक भोटाहिटी शहरको चौरस्ता नजिक तिघ्रा पिँडुला सबै पारदर्शी ढङ्गले देखिने गरि लाज नमानी अचानक घर फर्किरहेको थियो । पिरो साग व्यापार गरी धेरै दिन पछिसम्म पसलमा कसले के के भनेछन् उसको जीवनमा कुनै आमुल परिवर्तन नभएर पश्चात्तापले चिमोटेछ । खस्किदै गएको जिरोव्यापार चुलिँदै गएकोले ऊ निकै दुःखी थियो । यही असफलताबाट छुटकरा पाउने जिरो पिरो रायो सागको व्यापार त्यागेर एउटा, भरिलो र दिगो रैथाने व्यापार गर्न खँदिलो पैसाको बस्दोवस्त गर्ने निश्यच गर्यो ।
उसले आफ्नो मनलाई हलुवाई पसलेको हुलुवा जस्तो र दिमागलाई दाउरेको दाबिलोजस्तो दरो बनायो ।
हत्तनपत्त पैसा पनि उहिलै बाजेको पालाका गरगहना र पुराना थोत्रा भाँडाकुँडाा काँधमा हालेर शहरका सहकारीमा लगेर बढी मूल्यमा बेचेर एकदम खदिलो पैसाको जोहो गर्यो । चौबिस पच्चिस काटेको ठिटोलाई अत्यधिक पैसाको बोर्ट पाउने ध्येले चौचौ थियो । पैसा कहाँ कसरी टिप्ने ? कालिकोटबाट जाजरकोट फनफनी कति घुम्यो, इलामको सिलाम चाखेर डोटी गएर धोती न टोपी पनि भयो । रैथानेको मूल्य बढेको पायो । चार पाच आना जग्गा नहुने एकधरो पाटो नहुने र समाउने हाँगो र टेक्ने खुड्किलो नहुने, करोडौँको मालिक पनि टोलमा चरा जति भारी प्रगति र प्रतिभा भएको दखेको, ऊ लठ्ठै थियो । रैथाने समग्रीहरू बेचेर भरजन्म यही उमेरमा बैभव र नयाँ कृति राख्नु छ उसलाई । तर दिन परदिन आफ्नो अबमूल्यन भएको महशुस छ । रैथाने सामग्रीको व्यापार गर्नु भनेको भँगेरा भँगेरीले चिर्रर्विर गरी फुत्त गुडेर वल्लो घर, पल्लो आँगन पुगेजस्तो होइन, जादु टुनामुनाको हल्लाखोरको हाहा हुहुहु गफाष्टको गफजस्तो पनि होइन । प्रकृतिको प्राचिन सभ्यताको चिन्ह, शक्तिशाली साली नदीजतिकै विशाल गुणकारी हुन्छ ।
ऊ दश दिसा जतातिर बिग्रेको थोत्रा गाडीजस्तै बिस्तारै घिस्रिघिस्री पुग्दा पनि अब रैथाने व्यापारमा बिलकुल के के गर्ने ? अङ्गुरको रङ्गमा पनि आँखाले हेर्दा होशियार हुनै पर्छ, रैथाने सामग्री बेच्दा आनन्द त होला ? केही दिन त शहरको सरसराउँदो बिहानदेखि साँझ भोकभोकै सुत्यो । सोच यहि हो, अर्थोक होइन, यही सोचमा मग्न भयो । चार पाच दिन अघि त ऊ शिवरात्रीको भिडमा हराएको बालक झैं आफ्नै टोलेको दैलोको भिडमा हरायो । दोश्रो पटक आरु खान नपाउनेले दारु खाएर बबाल हल्ला गरेर कानै टट्टायो । यो गरिखाने यो व्यापारको दुनियामा कान्तिपुरमा कन्त बिजोक छ, ललितपुरको जात्रामा यहाँको न्यूरोडको पाको गल्ली रन्जनाको चोक टुँडिखेलको चौरस्ता बिशाल बजारमा यातायातको थामिनसक्नु ट्राफिकको घुइँचो छ । अब कसका निम्ति रैथाने व्यपार गर्ने ? जातजातका जालसाजी गर्ने यति धेरै कर्पोरेट बिगमार्ट जस्तालाई साना मुसा बनेर ठूला व्यापारी हाउसलाई स्पेशल क्याप्सुल बनेर निस्केछ । हलो देखाएर हाइड्रोको व्यापार गर्ने, एटमबमदेखि बम, पाउरोटीदेखि बनाउने रैथाने दमको दवाइखाना भरमार खुलेका छन् । हलुवाको वेद, नैवेध्यसम्म अनलाईमा अर्डर खपर्ने अनलाइनबाट पाइने भइसक्यो । उसले झलक्क सम्झयो रैथाने व्यापार भिडमा पनि कतै यतै होला भने प्रतिक्षा हराउदैन अपार बिशाल ठाउँ छन् ।
व्यापार गर्नुपर्ने बिषय त स–साना पान दोकानदेखि ठूला धनाढ्यले कभर गरिसके । शहरको जुन गल्लीमा पनि बजार र पसलको जगजगी छ । अब कम्मर कसरी कस्ने ? व्यापारिक तौरतरिका परिवर्तन भएर रैथाने दौरा सुरुवालवाला काइलो काका नेता बन्न अमेरीकन जापानी भेषको टिसर्ट र हाफपाइन्ट झरिसके र रैथाने खाकीको कपडाको मेक्सी नपाउने गौँथली र रैथाने गुलाफी मुहारले बडेमानको बिजुली इभिकार ट्याक्सीमा यात्रा गर्न सक्षम भइसके । मौलिक रचनाकार भएर साहित्य क्षेत्रमा सफलताको बिगुल छोडेर फतफताउन थाल्यो । रैथाने पार्टी बेढङ्गको घोषणा गरेर सानो कुरामा भैसी ओछिने पत्करझै बिलाइ सके । अरे र भरेका पछि दगुरेर मान्छे चामल पीठो र कनिका दानो चाल नपाउने अवस्थामा पुगे । नयाँ परिवेशमा भादगाउँले खै रैथाने भेषले ? बिकासवादीलाई दनक दिन जानेको हो, खै रैथाने किराजस्ता सप्रेका साहित्यका अगुवा पनि अचम्मै मुठभेडमा परिवर्तन भए ?
हाडीजस्तो कालो टोपी टालटुलले लाउने पनि सिस्नाको भङ्ग्रोको टोपी लाएर रैथाने भए । श्रमजीवी कमलजीवी भइसके अब के रैथाने व्यापार गर्ने ? अब कुन उपायले रैथाने सामग्रीको चढाइ गरि पोइसोवाला होइने कि कमिने व्यापार गर्ने ? खर्पन व्यापारीलाई बृहत समस्या भयो ।
ऊ प्रसिद्ध जिरो रायो साग चाइनाको पनि खासा व्यापारी बगुन्द्र छन् । निकै टाठबाठा भएकाले पिसाब च्याप्दा पनि समाएर सोच्न थाल्यो । चर्पि जाँदा जुत्ता फुकालेर भए पनि गम्न थाल्यो । एक पटक त सोच्न नजानेर भात भुटेर छाडेर एक छिन आफ्नै काठे कोठामा फतफताएर मुख बजायो । उसको दिमागमा नयाँ कुशल आइडिया अचानक पत्यारै नलाग्ने गरि आयो । अनेक तानाबना नगरि प्रसिद्ध हिमाली भेगको महजस्तो रसिलो र मीठो–जुम्लाको मार्सी, पोखराको जेठो बुढो, शिखरबेशीको पोखरेली, धादिङ्गको कान्छी सबैको घरतिर अति आवश्यक छ । इलामको सिलामको व्यापार इजलासलाई पनि बिक्दैछ ।
यस्तै इलमीले गरी खाए । खलाको रैथाने जाताको दुइचार किलो चिया चाउचाउ चामल व्यापार गरेर कतै कोही साहू बनेको कुरा उसले सुनेको थियो त्यै झिकाउन उसलाई मनासिब लाग्यो । गन्हाइरहेको चामलमा अलिकता रङ्ग बदलेर नानाथरिका खरखजाना सहितका मेलेसिया, भारत, पाकिस्थान र बंगलादेशको मोटा चामल मिसाएर नवीन ढङ्गको रैथाने काइदाको चामल बनाउने । यही गमेर ऊ कति पटक झोक्रायो । हिँड्दा हिँड्दै काइदाको नयाँ आइडिया आयो । चामल त चितुवालाई पनि था छ सबै गोरो देशका मानिसलाई त्यसको रङ्ग याद हुन्छ नि । स्याउ अनार सुन्तलाजस्तो फरक हुने होइन व्यापारको माया प्रेम सद्भाव त जीवनको प्रारम्भदेखि मृत्युसम्म हुन्छ ।
यति गरेपछि उनले रैथाने सामान पूर्ववत अनुसार झिकायो । झकिझकाउ शहरको माझमा रैथाने पसल खोलेर सजायो । रैथाने हिमाली क्षेत्रबाट ए क्लासको दुइ चार बोरा चामल, चिया गुन्द्रुक भटमास पोका माथिमाथि पारेर तलतल चाहिँ हाइब्रिड खाद्य अरैथाने सामग्री राख्यो । व्यापारीको धर्मअनुसार रैथाने सामग्री भन्न्ने कुरा बिर्सेन । फलानो फलानो हलुवावेद र नैवेध्य र वेद भन्ने कुरा बिर्सेन । यति गरि सकेपछि रैथाने व्यापार गर्न थालेपछि आफै मनोरम रमझमा साउने किराझै तृप्त भएर आफ्नो अगप्रत्यङ्ग छामेर दङ्ग पर्दै खुशीले घोरिएर हेर्न लागे ।
दिनदिनै यो व्यापार पखेटा हालेर उड्लाजस्तै अहिलै उड्लाजस्तो भयो अचम्मै हुनसम्म व्यापार भयो । अब त केही हुन्छ कि, एक चोटी तुरुन्त आफ्नो रैथाने आइडियालाई धन्यवाद दिए । फेरि आफूले ल्याएको सामग्रीमा गहिरो नजर लाए । उनकै मन थाम्न गाह्रो भो । उसलेको भोको पेटले भोटको ढिके नून ढिँडेलाई बेचे पनि सुनझै सिँगारे बयान हुन थाल्यो । कुहेको धुलो गन्धे लप्रेको गुन्द्रुक सिन्की तामा र खिचडी हाकु समान बेचे पनि जताबाट पुगे पनि साँच्चै ओ ठूलो रैथाने साउजी भनि नमस्कारले पनि र सम्मान पाउन थाले । सबैले रैथाने सामानको खाँचो छ भने, रैथाने सामग्री खोजी खोजी बेचे, जता जाँदा पनि राम्रो खबर सुने ।
यस्तो देखेर आप्mनै रैथाने आँसु झारे, अनि फलिफाप देखेर कति रात त अनिदोमा बिताए । उसका बाबु बाजेले जिरो बलमा हिरो भएका बलमा गरको व्यापार भन्दा त आफ्नो स्वरुप रुप उनको चेहेराले ठुलाठूला पलगमा खुट्टा तन्काउने देखाइदियो । डिडीसीको बासी डाल्डा धीउ खासाको गुन्द्रुक बेचे पनि आउँदा दिनमा शेयर मार्केट हाउसको मेनेजर भरिएलाजस्तो पो भयो । दश दिसाका आउन थाले । रैथाने व्यापारले केही हेर्दाहेर्दै गर्ला गर्ला जस्तो छ । भने रैथाने सामग्री दुइ चार किलो चामल दालमा अरु हाइब्रिड मिसाएर नवीनतम् ट्याग लाएर उपभोक्ताले चाहेजस्तो नामाकरण गरे ।
प्रसिद्ध रायो साग व्यापरीलाई आफ्नो जीवन भर आफ्नो निद्रा बिगारे रायो सागबाट कमाएको भन्दा त यो रैथाने व्यापार नै नवीनतम लाग्यो । अरु टोलमा के मार्टमा नपाइने उसकै स्टारमा मामामाल पाउन थाले । अन्त त हाहाकार …यहि होहो उसको मूल्य धन्य बिगमार्टमा व्यापार पो अमौलिक लाग्यो– बरु आफूले मैले मन्त्रीलाई बेच्ने होइन ? गर्मीमा बिजुलीकुमारीको हावा खान छाडेर मट्टी तेलको बत्ति बालेर राजामाराजा सेठलाई भुसुना बनाउने पनि होइन । उसो कसो जे भने पनि फुइ सुइ मास्टर र डाक्टर रैथाने सामग्री जाँच्न प्रशासनबाट जाँचकी भएर आउने होइन क्यारे । त्यसैमा उसको अन्तिम नयाँ आइडिया निकाल्यो उनले आफ्नो पिरो रायो साग व्यापारीको होडिङ बोर्डमा ‘खाँटी रैथाने व्यापारी’ खुसुक्क नाम स्वयम् आफैले राख्यो ।
०००
नुवाकोट तुप्चे ४ चनौटे, हालः चमती काठमाडौ १५
Subscribe
Login
0 Comments
Oldest






































