साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निम्ताको जाल

कोशी गण्डकी र कर्णालीको वर्षादको बाढीको बगरमा बगाएको पाडी पछारिएझै भोजको प्लेट समाएर नै बेहोसमा लडे ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी

कजिनी आफ्‌नो प्यारो कान्छो छोराको बिहे धुमधामसित गर्न विदेशी भूमिमा ठूलो बन्दोबस्त गरि सुड्केस र झोला लिएर छोराकहाँ पुगिन् । उनलाई छोराको धुमधामसँग बिहे गर्नुछ । बिहेमा निम्ता गरेर आफ्‌नो धाक र रवाफ पनि देखाउनु छ । केही दिन त निम्ता कसकसलाई गर्ने भनेर सोच मग्न भइन् उनी । छोरा र आफ्‌नो अधिकाश समय त्यसमै खर्च गरिन् । निम्तालु पनि बाठाटाठा भएको कजिनीलाई थाहा छ ।

आमा विवाहको लागि विदेश आएपछि छोरो जे कुरामा पनि रमाउन थाल्यो । दुबैको बालापनदेखि पचपन्न बर्षसम्मको चिनाजानीका सबैलाई बोलाउने योजना छ । कजिनीको सानै उमेरदेखि ठूला कारवाला, सिसाका घरवाला र कर्पोरेट कम्पनीमा काम गर्ने ठूला पदमा आसिन सबैसित रामै्र चिनाजानी छ । त्यसैले देश विदेशमा रहेका सवैलाई निम्ता दिनु छ । कनिष्टदेखि घनिष्टसँग सम्बन्ध र मित्रताको बन्धन त हो । बैंकका ठूला मौज्जातवालादेखि, घरानीयादेखि दवारीया पनि उनी आर्कषित पनि छिन् । त्यसैले कजिनी केही दिन त निम्ताको विषयमा निकै गहिरो सोचाइमा, राती सुत्दा पनि ओछ्यानमा समेत पौडिन थालिन् ।

जब जब कजिनीको छोरोको बिहेको दिन नजिक आउन थाल्यो, उनले झोलाबाट एक कडा नेम लिस्टको सूचि निकालिन् । एकाएक निम्ताको जुक्ति फुर्‍यो– कोठामा मुन्चा हाउसको गुच्चाजत्रो कागजको डल्लो पारेर फ्याँकिन् । त्यसभित्र उनले आफूले मनले रचेका निम्तालुको नाम ठेगाना गोलो डल्लो पारेर फ्याँकेकी थिइन् । केहीबेर पछि उनले त्यो डल्लो बल गरेर भदौको हरियो मकैको घोगो नङ्ग्याएजस्तो र कोठाभरि थुपारेर उत्तानो पारेर फिँजाइन । उनको जुक्ति भित्री डल्लोमा आफूले चाहेको मात्र उत्तानो नाम देखेर कजिनी नजीकै रहेको छोरालाई गहिरोसित हेरर मस्तले एकछिन त कोठानै थर्किने गरि अट्टहास हाँसिन् । अरू आफूले बोलावट गर्न नचाहेका जति पनि नेमलिस्ट छन् तिनलाई खुशीहुदै डस्टबिनमा छोराले नदेख्ने गरि हत्तनपत्त खुसुक्क फ्याँकेर खसालिन । एवम्‌रितले कजिनी एक प्रकारले तृप्त मनले हौसिएर फेरि हट्हास हाँस्दै आफूले चाहेका निम्तालुको सूचि वारम्वार आफू अगाडि राखेर गदगद भइन् ।

अब सूचिबाट हटेका र नआउने भएपछि सोही खर्चले छोरा र बुहारीको मुख हेर्न हाफपाइन्ट र चाइनिज टिसर्ट किन्ने योजना बनाउँछिन् । पुग्यो भने आफू स्वदेश फर्किने रिटेन प्लेन विजिनेस क्लासको टिकेट र बिहेपछि हुने बहुभतेर गर्न पनि कार्यक्रममा आउनेसित चन्दा संकलन गर्नु छ । निम्ताको विविध योजना बनाइरहिन् । निम्ताको योजनाले उनको मन मात्र होइन नजिक रहेको मनचिन्ते झोला पनि मनग्ये भरिभराउ हुने भयो ।

दिन गन्दै जाँदा जब विवाहको दिन आयो तब कजिनीलाई ठूलो समस्या पर्‍यो । झारा टारेका सात समुन्द्रपारबाट चार दिन पहिला मेसेन्जरमा दिएका नाताका निम्तालु पनि हुईकेर आउने लक्षण देखिन् । आउने निम्तालु धेरै हुने र भोजको सिट क्षमता नपुग्ने रक्सी, मासु र वाइन पनि नपुग्ने देखेपछि कजिनीले एकैछिनमा दाह्रा किटेर अर्को जाल रचिन् । कजिनीको दार ठूलो, आँट पनि ठूलै, सपना झनै ठूलो । उपस्थित भोज खान आएका जतिलाई नजिकै रहेको वाइन टेस्ट र वियर टेस्ट स्टेशनमा पठाउने बन्दोबस्ती पनि प्रफुल्ल मनले गरिन् । कजिनीलाई काजीको पालादेखिको साचेको जुक्ति यानेकी दाउपेचको जुक्ति सर्लक्क सोचिन् । उनी कल्पना भन्दा पनि बन्दोवस्ती मस्तीको थियो । उनी यस्तो छलकपट गर्न माहिर थिइन् । कोही आइहाल्यो भने– यू आर लक्की मेन भनेर गो टू वाइन स्टेशन भन्दै गलल हाँस्थिन् । सो अक्किल लाएर पठाएका निम्तालुहरू सबै फन्दामा परे ।

कजिनीको यो जालको निम्ता थियो । उनको जुक्तिमा सबै पछारिए । वाइन र वियर टेष्टमा केही भाइरसको कारणले फुड प्वाइजन परेर केहि एक दुइ उतै ठहरै भए । कजिनीको छोराको बिहे भोजमा मोज गर्न गएका पनि लाश भएको खबर सुनेर रनभुलमा परे र नमीठा गफ झिक्न थाले । अब के गर्ने ? कति त कजिनीको निम्ताको कारण अकारण त्यसै कोशी गण्डकी र कर्णालीको वर्षादको बाढीको बगरमा बगाएको पाडी पछारिएझै भोजको प्लेट समाएर नै बेहोसमा लडे ।

०००
तुप्चे –४ चनौटे नुवाकोट
हाल– काठमाडौ १५, चमती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x