फित्काैली डटकमसङ्घका पूर्व अध्यक्ष नगेन्द्रराज शर्माको सम्झनामा कविगोष्ठी
वरिष्ठ साहित्यिक पत्रकार एवम् आख्यानकार नगेन्द्रराज शर्मा विषयक 'सम्झनामा कवि गोष्ठी'को आयोजना गरेर सङ्घले श्रद्धाञ्जली व्यक्त ।
काठमाडौँ । कीर्तिशेष नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष, अभिव्यक्ति साहित्यिक द्वैमासिकका सम्पादक, वरिष्ठ साहित्यिक पत्रकार एवम् आख्यानकार नगेन्द्रराज शर्मा विषयक ‘सम्झनामा कवि गोष्ठी’को आयोजना गरेर सङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ।
१९९४ साल चैत्र २२ गते रामेछापको मन्थलीमा जन्मिनुभएका शर्मा २०८२ साल असार ३१ गते ८९ वर्षको उमेरमा गौरीघाट,काठमाडौँमा कीर्तिशेष हुनुभएको हो।
कथा, उपन्यास, कविता र नाटक जस्ता विधामा कलम चलाएका शर्माका महापुरुष (उपन्यास-२०२८), दिवा स्वप्न (उपन्यास-२०२९),पीपलको बोटमुनि (कथासङ्ग्रह-२०३९), एकान्तका आफन्तहरू (कथासङ्ग्रह-२०५५) आदि कृति प्रकाशित भएका छन्।
कीर्तिशेष नगेन्द्रराज शर्माको तस्बिरमा पुष्प गुच्छा र फूलको माला समर्पण गर्दै एक मिनेट मौन धारणासहित शोक कवितागोष्ठी प्रारम्भ भयो।
‘सम्झनामा कविगोष्ठी’का सभाध्यक्ष, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले कीर्तिशेष नगेन्द्रराज शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा सङ्क्षेपमा प्रकाश पार्दै शर्मा साहित्यिक पत्रकारिताका एक शिखरपुरुष हुन् । उनी साहित्यिक पत्रकारिताका मेरा पनि गुरु हुन् । अध्यक्ष दुवालले उनको योगदान अविष्मरणीय रहेकाले साहित्यिक जगत्ले निरन्तर सम्झिने विश्वास व्यक्त गर्दै मनतव्यसहित कविता वाचन गर्नुभयो ।
कार्यक्रममा वाचित कविताहरू जनमत साहित्यिक मासिकमा विशेषाङ्कका रूपमा प्रकाशि गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि एवम् वरिष्ठ साहित्यकार डा.तुलसी भट्टराईले नगेन्द्रराज शर्माले जे जति भाषा, साहित्यमा योगदान पुर्याउनुभयो। त्यो महत्त्वपूर्ण रहेको र अभिव्यक्तिले थुप्रै स्रष्टाहरू जन्माउन सफल भएको उल्लेख गर्दै उनी जस्ता प्रष्ट वक्ता र एक साधक व्यक्तित्वलाई गुमाउनु पर्दा साहित्यिक क्षेत्रले ठुलो क्षति बेहोर्नु परेको बताउनुभयो ।
मञ्चासिन अतिथिहरू सङ्घका पूर्व केन्द्रीय सदस्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली, अभिव्यक्तिका सम्पादक पवन आलोकलगायत विष्णुप्रसाद शर्मा पराजुलीले नगेन्द्रराज शर्माको व्यक्तित्व र साहित्यिक पत्रकारिता विषयक चर्चासहित कविता वाचन गर्नुभयो । कीर्तिशेष नगेन्द्रराज शर्माका जेष्ठ सुपुत्र प्रणयराज शर्माले समेत आफ्ना पिताप्रति कवितामार्फत श्रद्धासुमन व्यक्त गर्नुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, केन्द्रीय उपाध्यक्षहरू रामप्रसाद पन्त, बालिका गिरी तथा पूर्व केन्द्रीय पार्षद अच्युत घिमिरेले शर्माको साहित्यिक पत्रकारिता, व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्नुभयो ।
सङ्घका केन्द्रीय सल्लाहकार तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल,सङ्घ पूर्व पार्षद तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, सङ्घका उपाध्यक्ष नवराज पुडासैनी ज्योस्ना, कोषाध्यक्ष सूर्यप्रसाद लाकाजु, केन्द्रीय सदस्यहरू डा.शैलेन्दुप्रकाश नेपाल, ठाकुर शर्मा भण्डारी, यादव भट्टराई, रामसुन्दर देउजा, जगत वाशिष्ट, झ्याउरे कविताका अभियन्ता तथा हाइकुकार रेणुका भट्टराई ‘मञ्जरी’ले शोक कविता प्रस्तुत गर्नुभयो ।
अतिथि कविहरू प्रलेसका केन्द्रीय कोषाध्यक्ष डा.कृष्ण सुवेदी’भारद्वाज’, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, देविका तिमिल्सिना, डा.राजेन्द्रप्रसाद अधिकारी, मणि लोहनी, कृष्ण प्रधान, प्रा.डा. सावित्री श्रेष्ठ, डा.दामोदर पुडासैनी’किशोर’, प्रल्हाद पोखरेल, डा.रामप्रसाद दाहाल, ललिता दोषी, कृष्ण बाउसे, डा.छायादत्त न्यौपाने, तेज विलास अधिकारी, राममणि ढुङ्गेल, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, बुद्धिराज पाण्डे, तुलसीराम पुडासैनी, सृजना दुवाल, डा.शेखरकुमार श्रेष्ठ, गोपाल बराल र वसन्त रिजाललगायत ४१ जनाले शोक कविता वाचन गरेर श्रद्वासुमन प्रकट गर्नुभयो ।
पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टुमा आयोजित उक्त कार्यक्रमको उद्घोषण सङ्घका महासचिव चेतनाथ धमलाले गर्नुभयो ।साथै, कीर्तिशेष नगेन्द्रराज शर्माको श्रद्धाञ्जलीमा प्रस्तुत तस्बिर ,फूलको गुच्छा र ब्यानर शर्माका जेष्ठ पुत्र प्रणयराज शर्मालाई हस्तान्तरण अध्यक्ष दुवालले गर्नुभयो ।
यस्तै नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक केन्द्रीय उपाध्यक्ष नरनाथ लुइँटेल, जनमतका सम्पादिका भारती श्रेष्ठ, नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी, साहित्यकारहरू दिव्य गिरी, प्रभात सापकोटा, भागवत ढकाल, स्पन्दन श्रेष्ठ, अरूण खत्री नदी, केशवप्रसाद पराजुली, मिसन अधिकारी, लभराज जोशी, निबन्ध आचार्य, लीलाराज दाहाल, ठाकुरप्रसाद अधिकारी र सञ्जय सोती लगायतका अतिथिहरूको उपस्थिति रहेकाे थियाे ।
०००
चेतनाथ धमलाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































