साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरहट्टाको पुस्तक परदेश र अनुभूति अमेरिकामा विमोचित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा प्राध्यापक मरहट्टाको उक्त पुस्तक विमोचन गरिएको हो ।

Nepal Telecom ad

काठमाडौँ । प्रा. शिवहरि मरहट्टाको पुस्तक परदेश र अनुभूतिको संयुक्त राज्य अमेरिकाको रालेमा विमोचन गरिएको छ ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा प्राध्यापक मरहट्टाको उक्त पुस्तक विमोचन गरिएको हो । लेखक मरहट्टा, पत्नी उमादेवी मरहट्टा, भाषा साहित्य समिति, एनआरएनएका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेत, सल्लाहकार ईश्वर देवकोटा, डा। बालकृष्ण शर्मा र नेपलिज कम्युनिटी अफ नर्थ क्यारोलाइनाका अध्यक्ष ददिन पाण्डेले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

महेन्द्र संस्कृत विश्वविद्यालयको उपकुलपति समेत भइसक्नुभएका प्राध्यापक मरहट्टाले पुस्तकमा अमेरिका र अष्ट्रेलियाको भ्रमणका अवसरमा देख्नुभएका विभिन्न पात्र, स्थान र चरित्रका बारेमा पद्यमार्फत सजीव चित्रण गर्नुभएको छ । देशको माया र सम्झना पनि उत्तिकै गर्नुभएको छ । कृतिमा ४४ वटा कविता समावेश छन् ।

सो अवसरमा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले प्राध्यापक मरहट्टाको साहित्यिक साधना र उहाँले नेपाली भाषा र साहित्यको उत्थानमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । त्यसैगरी साहित्यकार डा। ऋषि वस्ताकोटीले प्राज्ञिक व्यक्तित्व मरहट्टाको कृति सार्वजनिक हुनु हामी सबैको गौरवको कुरा हो,ु भन्नुभयो । उमा शर्मा र डा। शरद पराशर मरहट्टाले कृतिमा लेखकको आत्मअनुभूति र जीवनदर्शन रहेको धारणा राख्नुभयो । त्यसैगरी साहित्यकार प्रभा पोखरेलले कृतिमा समावेश केही कविता वाचन गर्नुभएको थियो ।

समाजकी अध्यक्ष गीता बस्नेतको सभापतित्व तथा भाषा साहित्य समिति, एनआरएनएका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा समाजका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखक मरहट्टाले उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा थुप्रै साहित्यकार पनि जुममार्फत जोडिनुभएको थियो । सोही अवसरमा आयोजक नर्थ क्यारोलाइना साहित्य समाजका तर्फबाट लेखकलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x