साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. खगेन्द्रप्रसाद दाहालको महाकाव्य ‘मालिनी’ लोकार्पण

कार्यक्रमको अध्यक्षता प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीले र प्रमुख आतिथ्य इलामका प्रसिद्ध कवि सोमनाथ निरौलाले गर्नुभएको थियो ।

Nepal Telecom ad

झापा । प्रतिभा निकुञ्जको आयोजनामा भएको डा. खगेन्द्रप्रसाद दाहालको महाकाव्य ‘मालिनी’ लोकार्पण कार्यक्रम सम्मापन्न भएकाे छ । जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाकक्षमा भएको यस कार्यक्रमको अध्यक्षता प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीले र प्रमुख आतिथ्य इलामका प्रसिद्ध कवि सोमनाथ निरौलाले गर्नुभएको थियो ।

खगिन्द्रा खुसीले सन्चालन तथा हरिप्रसाद न्यौपानेले स्वागत गर्नुभएको यस कार्यक्रममा कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, भीम दाहाल, नवराज घिमिरे, विन्दु दाहाल, सुभद्रा भट्टराई, लीलाप्रसाद अधिकारी, शिवकुमार पौडेल, भगवती ढुङ्गेल तथा उमानाथ दाहाललाई मञ्चासिन गराएर कार्यक्रम अघि बढ्यो ।

प्रमुख अतिथि सोमनाथ निरौलालगायत मञ्चासिन व्यक्तित्वहरूबाट सामुहिक रूपमा महाकाव्य ‘मालिनी’ लोकार्पणपछि यसको समीक्षात्मक परिचय गराउनु भयो समालोचक भीम दाहालले । त्यसपछि लहर चल्यो महाकाव्यभित्रकै दुई तीन श्लोक वाचनको ।

कविहरू शिवराज अधिकारी ‘इलामे जेठो’, जीवनहरि शर्मा, झाँक्रीखोले, मोक्ष खतिवडा, लता खरेल, टङ्क विकल्प, जय आचार्य, आरती पोखरेल, रश्मि असफल, कृष्णप्रकाश सुमार्गी, मेघनाथ बन्धु, अजिता श्रेष्ठ, मिना अधिकारी, उमानाथ दाहाल, शिवकुमार पौडेल, लीलाप्रसाद अधिकारी, नवराज घिमिरे, बाला लुईंटेल, विन्दु दाहाल, भगवती ढुङ्गेल तथा सुभद्रा भट्टराईले उपर्युक्त महाकाव्यका काव्यांश सुनाउनुभयो ।

प्रमुख अतिथि सोमनाथ निरौला, विशिष्ट अतिथिहरू कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेलले महाकाव्यबारे केही चर्चा गर्दै यो महाकाव्य जस्तो कृति नेपाली साहित्यजगत्लाई दिनु ठुलो कुरा भएको भन्दै कवि डा.खगेन्द्रप्रसाद दाहाललाई बधाई तथा शुभकामना दिनुभयो ।

कृतिका प्रकाशक भगवती कोइराला, कृतिकार डा. खगेन्द्र, कृतिकारका दाजु परशुराम दाहालले आफ्ना भावना व्यक्ताउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष होम सुवेदीले महाकाव्यको छोटो समीक्षासहित बधाई मन्तव्य राखेर कार्यक्रमको समापन गर्नुभयो ।

उपर्युक्त स्रष्टा साहित्यकारका अतिरिक्त आजको यस कार्यक्रममा चूडामणि वशिष्ठ, भवानी क्षेत्री, हरिनारायण भट्टराई, परशुराम तिमसिना, कृष्ण सुवेदी ‘निराकार’, गोपालप्रसाद सङ्ग्रौला, कृष्णप्रसाद मिश्र, डिपि शर्मा, इन्द्रप्रसाद कटुवाल, राजेन्द्र सङ्ग्रौला, भानुभक्त कुभिण्डेली, मातृकाप्रसाद सङ्ग्रौला, मुक्ति अस्तित्व, मायामितु न्यौपाने, अभागी थेगुवा, शिरो सान्दाइकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी देवीचरण भण्डारी, टीका भट्टराई नेपाल, गीता सुवेदी नेपाल, लेखनाथ खतिवडा, सुशीला खतिवडा, गोसा झापाली, तुलसीप्रसाद भट्टराई, पदम अधिकारी, गङ्गा ओडारी, केशबहादुर राई, कमला भट्टराई पराजुली, दुर्गाप्रसाद सिग्देल, जय भण्डारी, तुलसी निरौला, राजेन्द्रकश्यप अधिकारी, चन्द्रशेखर दाहाल, गीता राई, माधव पौडेल, रेजिना रोदन, कुमार श्रेष्ठ, कमलप्रसाद न्यौपाने, सागर भट्टराई र कृतिकार डा.खगेन्द्रका पारिवारिक जन तथा छरछिमेकीलगायत सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x