साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् पुस्तक प्रदर्शनीकाे आयोजना  गर्ने

यही असोज १२ गतेदेखि २३ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको

Nepal Telecom ad

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।

पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा यही असोज १२ गतेदेखि २३ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत कक्ष राखी आफ्ना प्रकाशन तथा पुस्तकहरू प्रदर्शनी तथा बिक्रीवितरण गर्ने अवसर प्रदान गरिने भएकाले इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई सहभागिताका लागि आह्वान गरिएको उहाँले बताउनुभयो ।

सहभागिताका लागि इच्छुक प्रकाशन गृह/संस्थाहरूले असोज ७ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ । इच्छुक प्रकाशन गृह/संस्थाले आफ्नो नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना खुल्नेगरी निवेदन पेस गर्नुपर्नेछ ।

प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तकहरू प्राथमिकताका साथ राख्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा निःशुल्क कक्ष उपलब्ध गराइनेछ । प्रत्येक सहभागी प्रकाशन गृह/संस्थाले प्रदर्शनीको समयावधिभर कक्ष राख्नुपर्नेछ ।

स्टल तथा प्रदर्शनीस्थलको व्यवस्थापन, पुस्तकको प्रदर्शन, बिक्रीवितरण, सरसफाइ र सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण व्यवस्था सहभागी प्रकाशन गृह/संस्था आफैँले गर्नुपर्नेछ । सहभागिताका लागि आवेदन दिने प्रकाशन गृह/संस्थाले यही असोज ७ गतेभित्र प्रतिष्ठानमा आवेदन दर्ता गराइसक्नुपर्नेछ ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x