साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिहे

जमिन, श्रम, उत्पादन तेरो हातमा छ र तेरै निम्ति छ भन्ने भ्रमले धर्मपुत्री दिएथेँ । तँ त स्वयम् अर्काको दास रहेछस् । आफ्नो जमिन दिएर तँ अर्कालाई मालिक मान्दोरहेछस् ।

Nepal Telecom ad

पूर्णप्रसाद ब्राह्मण :

वनदेवीले वनमा एउटी मर्त्यकन्या पाइन् र कन्दमूल झरनाको पानी खुवाएर हृष्टपुष्ट पारिन् । प्रकृक्तिद्वारा शिक्षादीक्षा दिलाइन् । मर्त्यकन्या प्राकृतिक जीवन र सौन्दर्य लिएर यौवनको द्वारमा उभिइन् । अनि वनदेवीले विचार गरिन् – ‘बेला भयो, यसको विवाह कोसँग गरिदिऊँ ?’

मातृहृदय साँच्चै स्नेह र आश‌ङ्काको भण्डार न हो। वनदेवी धर्मपुत्री मर्त्यकन्याको भविष्य कस्तो होला यही चिन्ताको तुषारोमा जीर्णशीर्ण थिइन् । उनले सम्झिन्- सम्पत्तिमान् को छ ? किसान छ। कारण उ नै जमिनको मालिक हो । सारा उत्पादन उसैको श्रम-पुरस्कार हो । उसको जति सम्पत्ति, ऐश आराम अरु कसैको हुनुहुँदैन । मह काढ्नेले हात चाट्नु न्यायसङ्गत पनि त हो ।

यसैले उनले एउटा किसानसँग मर्त्यकन्याको विवाह गरिदिइन् ।

००
आखिर मर्त्यकन्या घरमा बस्न सकिनन् । उनकाे दुखकरूणाले वनदेवीकाे छाती चिरियाे । मर्त्यकन्यालाइ कुनै अर्काे वर पाए पुनर्विवाहकाे आश्वासन दिएर आफैसँग बस्ने अनुमति दिइन् ।

एक दिन त खोज्दै किसान वनदेवीकहाँ आयो र भन्यो- ‘मेरी पत्नी देऊ ।’

त्यो सुन्दा वनदेवीले एक्कासि डग्लिएर भनिन्- ‘पामर ! तँ आत्मघाती होस् । तेरो नीच व्यक्तित्व कसैको पति बन्नलायक छैन । जमिन, श्रम, उत्पादन तेरो हातमा छ र तेरै निम्ति छ भन्ने भ्रमले धर्मपुत्री दिएथेँ । तँ त स्वयम् अर्काको दास रहेछस् । आफ्नो जमिन दिएर तँ अर्कालाई मालिक मान्दोरहेछस् । आफ्‌नो श्रमले अर्काको दरबार बनाउँदोरहेछस्, भोगसामग्री जुटाइदिँदोरहेछस् । आफू न पेटभरि खान्छस्, न पानी ओत्ने घरमा बस्छस्, न सग्लो धरोले आँङ ढाक्छस् । हे अधिकारवन्चित ! तँजस्तो, जालीको शिकार, अर्धमृत पामरलाई मेरी धर्मपुत्री ! नामर्दको जोई बन्नु विशुद्ध मातृजातिको निम्ति महान् कलङ्क हो ।’

त्यो सुन्दा किसान झोक्रियो । धेरै गुनेपछि आखिर उसकै हृदयले उसलाई भन्यो – ‘यो गाली होइन….।’

०००
पहिलाे लघुकथासङ्ग्रह ‘झिल्का’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x