साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीरेन्द्र बहुमुखी क्याम्पस पूर्वविद्यार्थीहरूको उपत्यका भेला

साहित्यकार राम विनयको अध्यक्षतो र सोहि क्याम्पसका पूर्व विद्यार्थी, प्राध्यापक साहित्यकार हरिहर खनालको आतिथ्यमा सम्पन्न भएको थियो ।

Nepal Telecom ad

चितवन । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका भूतपूर्व विद्यार्थीहरुको काठमाडौं उपत्यका भेला काठमाडौंमा सम्पन्न भएको छ ।

क्याम्पसको एलमोनाई एसोसियसन २०७६ स्थापना भएपछि बिभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । त्यसैको सहजतामा काठमाडौमा पुनर्मिलन भेला आयोजना गरिएको हो ।

कार्यक्रम २०२२ सालको प्रथम ब्याचका पूर्ब विद्यार्थी, पूर्वबैँकर तथा साहित्यकार राम विनयको अध्यक्षतो र सोहि क्याम्पसका पूर्व विद्यार्थी, प्राध्यापक साहित्यकार हरिहर खनालको आतिथ्यमा सम्पन्न भएको थियो ।

परिचय कार्यक्रम र मन्तव्यको सिल्सिलामा अध्यक्ष राम विनयले आफ्नो बिगत स्मरण गर्दै भन्नु भयो— “साभुङ्ग भगवतीपुर तनहुँबाट दुई दिनको पैदलयात्रा गरेर चितवनको भरतपुर हाईस्कुलमा (रात्री समयमा सञ्चालित) बीरेन्द्र कलेजको प्रथम ब्याचमा भर्ना भएर पढाईलाई अगाडि बढाएको थिएँ ।”

उहाँले कलेजको वार्षिकोत्सबवको कार्यक्रम अन्तर्गत भएको कवि गोष्ठीमा आफूले कविता प्रतियोगिता र वादविवाद प्रतियोगितामा भाग लिएर दोश्रा भई प्रमाणपत्र प्राप्त गरेको बताउनु भयो । आफ्नो सक्रिय प्रस्तुतिबाट प्राचार्य आनन्ददेब भटट प्रभावित भएर मलाई उत्साहित पार्नुभएको उहाँप्रति अनुगृहीत भएको स्मरण गर्नुभयो । “आदरणिय गुरु भट्टको चितवनमा एकदशक भन्दा बढीको बसाईले त्यहाँको सामाजिक, राजनैतिक, साँस्कृतिक चेतना जागरणमा महत्वपूर्ण योगदान रहेको छ ।”

कार्यक्रमका प्रमुखअतिथि हरिहर खनालले त्यस कलेजमा पढेर आफूले सामाजिक, साहित्यक, राजनैतिक सचेतना प्राप्त गरेको तथा आफू त्यस कलेजको अध्ययन गर्दा खास गरेर प्राचार्य आनन्ददेब भटटको उर्जाशील पे्ररणा र सिकाईले आफूले साहित्यिक क्षेत्रमा मनग्य प्रगति गर्नसकेको र त्यसक्षेत्रमा आफू स्थापित हुन सकेको धारणा राख्नु भएको थियो ।

सहभागी सबैले परिचय कार्यक्रममा आआफ्नो भनाईसहित परिचय दिएका थिए । पूर्व विद्यार्थी राममाणि भटटराईको सँचालनमा भएको कार्यक्रममा एलमोनाईका प्रमुख बाबुराम घिमिरेले हालसम्मको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

२०७५ पौष २८ मा स्थापना भई २०७६।७।५मा दर्ता भएको यस एलमुनाईले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

आनन्ददेव भट्टको निधनमा सुशीला भटटसमक्ष शोक स्मृतिपत्र अर्पण, ऐतिहासिक दिक्दर्शनको प्रकाशन विशिष्ट क्षेत्रमा काम गर्ने पूर्व विद्यार्थीहरूको सम्मान, कलेजको ६२औँ वार्षिकोत्सवमा क्याम्पसका सँस्थापक एवम् प्रमुख अतिथि के यल भुषणबाट नवनिर्मित भवनको उदघाटन, ८० बर्ष पुगेका गुरुहरूको सम्मानलगायतका कार्यहरू सम्पन्न गरेको छ

त्यसै गरी आगामी कार्यक्रमहरूमा महाकवि देवकोटा जयन्ती मनाउनेदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कार्ययोजना तयार पारेको छ ।

समारोहमा पूर्वविद्यार्थी, पूर्वराजदूत तथा थिङ्क टयाङ्कर योगेन्द्र ढकाल, पूर्व बैँकर तथा साहित्यकार भानुप्रकाश जोशी, नेराबैँकका अर्थबिद गणेशकुमार श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिब पूर्णचन्द्र भटटराई, कलेजका सँस्थापक गणेश पाण्डेकी सुपुत्री तथा पूर्ब विद्यार्थी सुशीला पाण्डेलगायत देशको सामाजिक, राजनैतिक, साँस्कृतिक, आर्थिक क्षेत्रमा योगदान दिने पूर्वविद्यार्थीहरूको उत्साहपूर्ण उपस्थ्तिि रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x