साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाको चमत्कार

सिमलको भुवाभन्दा घुम्ने कुर्सी हल्का सापकोटा, भट्टजस्ता भएका छन् अल्का । पछाडि छन् झनै अल्का सबै ठूला–ठूला पर्दाभित्र लुकी–लुकी लुटेका छन् मूला ।।

Nepal Telecom ad

 डा. बमबहादुर थापा ‘जिताली’:

चम्चालाई चलाउने आफैँ फुटेका छन् ?
प्लेट फुटे पनि चम्चा सधैँ जुटेका छन् ।
चोरलाई चम्चाले नै खानदिन्छ सारा
चम्चालाई चलाउने भए भातमारा ।।

जल्ले खानदिन्छ उतै सर्वहारा लागे
अन्नबाली फलाउने परदेश भागे ।
यही चाला चल्दा–चल्दै देश रित्तो भयो
चम्चागिरी चलेपछि गतिमति गयो ।।

हेर्दाहेर्दै मुलुक यो एसियामा पहिला
खाँदाखाँदै टाउकेको भुँडी भयो घैला ।
यस्तै चाला चल्यो भने भोलि नाङ्गो हुन्छ
देशै नाङ्गो भएपछि सगरमाथा छुन्छ ।।

गरिबीले सगरमाथा चुम्नेभयो पक्का
विश्वकीर्ति राख्नेलाई छैन लक्का–धक्का ।
चम्चाहरू चम्केका छन् चुली चढेका छन्
चराहरू चारो खोजी–खोजी उडेका छन् ।।

चम्चाहरू नाचेका छन् चुरो समाएर
चरेसका भाल घुमे, जुरो कमाएर ।
चम्चा चढे टाउकामा मुख छोपिदिए
ठूलाबडा छेपाराले हाकाहाकी पिए ।।

सिमलको भुवाभन्दा घुम्ने कुर्सी हल्का
सापकोटा, भट्टजस्ता भएका छन् अल्का ।
पछाडि छन् झनै अल्का सबै ठूला–ठूला
पर्दाभित्र लुकी–लुकी लुटेका छन् मूला ।।

चम्चाले नै चलायो मुलुक
सारालाई बनायो भावुक ।।

०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
घसेर चिल्लो बस

घसेर चिल्लो बस

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x