साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुटेको फर्सी

अर्गानिक फर्सी खेती मुलुकमा मासे प्रकृतिमा नफलेका भए आसेपासे । पश्चिमको उज्यालोमा भाले-पोथी बासे आफ्‌नो कर्म, संस्कृति र धर्म पनि नासे ।

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

फर्सी ठूलो चिरिएर चउरमा झर्यो
धेरै फर्सी फलाउनेलाई चिन्ता पर्यो ।
फर्सी फुट्यो, जुट्यो भन्छन् भेट्‌नो भेटिएन
कुहिएको फर्सी किन्दा भित्र हेरिएन ।

बियाँ सबै चलेका छन् चलचित्रको चालमा
दुनियालाई पारेका छन् माकुराको जालमा ।
भेट्नालाई भाँडेका छन् ठेट्नाहरू मिली
झिक्रामाथि देखिएनन् चमेली र बेली ।

फर्सी फल्यो लहरामा, पहरामा भेट्ना
भेट्‌नोलाई भेट्टाउन दौडेका छन् ठेट्ना ।
जताबाट हावा चल्यो पात उतै ढल्के
बियाँ जति कमिसन खान निकै पल्के ।

अर्गानिक फर्सी खेती मुलुकमा मासे
प्रकृतिमा नफलेका भए आसेपासे ।
पश्चिमको उज्यालोमा भाले-पोथी बासे
आफ्‌नो कर्म, संस्कृति र धर्म पनि नासे ।

गउँत र गोबरमा नहुर्केको बोट
भद्रगोल भण्डारमा थियो निकै खोट ।
कुहिएको फर्सी फुट्यो, फुट्नै पर्ने थियो
युरियाले मौलाएको फर्सी विना मियो ॥

धन्य ईश्वर ! हे परमेश्वरी
फर्सी किन सडेका यसोरी ?

०००
जहाँ छन् बुद्धका आँखा (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x