साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षक बन्न सजिलो काँ छ र !

"मैले पनि राम्रोसँग निधो पाइन भन्या । भेट भैहाल्छ, भोलि फेरि सोधौंला नि, हुन्न ?!" यत्तिकैमा घण्टी लग्यो, म पनि बाहिर निस्कें ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

यो २/३ बर्ष अगाडिको कुरा हो । म कक्षा ९ मा पढाउँदै थिएँ । विद्यालयका सहायक प्रधानाध्यापक गुप्ता सर ढोकामा आएर “सर, एकछिन है” भन्दै कक्षामा पस्नु भो । विद्यार्थीसँगको अभिवादन आदान प्रदान पछि भन्न लाग्नु भो “तिमीहरु कक्षाबाट किन यति धेरै बाहिर निस्कन्छौ हँ ? पाँच मीनट खाली हुनुहुन्न सबै बाहिर – या त धारामा या शौचालयमा । अर्धवार्षिक परीक्षा आइरहेको छ यस्तो पाराले कसरि हुन्छ ! आफ्नो जीवनको लक्ष्य के छ पहिला आफ्नो जीवनको लक्ष्य निर्धारण गर र त्यसै अनुसार अहिल्यैदेखि लाग्यौ भने मात्र जीवनमा क्यै राम्रो काम गर्न सकौला अन्यथा पछि पछुताउनु पर्नेछ ।

पाठ्यपुस्तकका अतिरिक्त तिमीहरुले जान्नु पर्ने थुप्रै कुराहरु छन जीवनमा तिनलाइ कहिले सिक्छौ ? याँ त पास हुनै गाह्रो पर्ने भै सक्यो । आफ्नो जीवनको गोल सेट गर र आजैबाट त्यता लाग । मुल्यवान समयलाइ यसरी खेर नफाल । हरेक बर्ष तिमीहरु शैक्षिक भ्रमणमा जाने गर्या। छौ नि, हो कि होइन ? हो । हेर, तिमीहरुलाइ जनकपुर घुम्न जानु छ भने पूर्वतिर लाग्छौ । पोखरा घुम्न जानु छ भने पश्चिम लाग्छौ । पूर्व लागेर पोखरा र पश्चिम लागेर जनकपुर त पुग्न सकिदैन नि, हो कि होइन ?

हो । त्यसैले आफ्नो जीवनको दिशा तय गर । आजै अहिल्यै बुझ्यौ नि ?” भन्दै सहायक प्रधानाध्यापक बाहिरिनु भो । म पाठ काँबाट सुरु गरौं भनेर सोच्दै थिएँ । त्यतिकैमा एकजना विद्यार्थी जुरुक्क उठेर सोधिहाले “सर, हामीलाइ सहायक प्रधानाध्यापक गुप्ता सरले जनकपुर घुम्न कहिले लाने भन्या ?”

अर्कोले थप्यो “जनकपुर होइन पोखरा लाने भन्नु भा हैन त सर ?”

विद्यार्थीहरुको जिज्ञासाले म अवाक् भएँ । फेरि सबै उहि कुरा दोहोर्याएर समय खेर फाल्नु मनासिब नदेखेर भने “मैले पनि राम्रोसँग निधो पाइन भन्या । भेट भैहाल्छ, भोलि फेरि सोधौंला नि, हुन्न ?!” यत्तिकैमा घण्टी लग्यो, म पनि बाहिर निस्कें ।

०००
हेटौंडा ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x