साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्य

त्यसमा लेखिएको थियो “तपाइँले निजि प्रयोजनको लागि विद्यालयबाट एक वर्ष अघि नै लिएर जानु भएका ल्यापटप र प्रोजेक्टर यथासक्य चाँडो विद्यालयमा जम्मा गरिदिनु होला ।”

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

गाउँमा एउटा नमुना मा.वि. छ । र, गाउँमै नामी एकजना समाजसेवी वुद्धिजिवी पनि हुनुहुन्छ −राम बहादुर सर । उहाँको घर विद्यालयसँगै सटेको छ भन्दा पनि हुन्छ । उहाँलाई टोलका सबैले आदर सम्मान गर्छन् । विद्यालयले पनि उहाँलाई कहिले कुनै समितिमा कहिले कुनै समितिमा राख्ने गरेको छ । अरु नभए नि सल्लाहकारमा त कहिल्यै छुट्नुहुन्न उहाँ । उहाँ पनि जो कोहिलाई राय सल्लाह दिन खप्पिस हुनुहुन्छ । कतिले त पिठ्युँ पछाडि उहाँलाइ राय बहादुर भन्ने गरेको पनि सुनिन्छ । लामो समय सरकारी सेवामा रहेर सेवा निबृत हुनु भएकोले हाल उहाँ फुर्सदिलो पनि हुनुहुन्छ ।

उहाँ होटेल चोक चौतारीहरुमा बसेर दिनभर विद्यालयको गुणगान गाउनु हुन्छ । कसैले विद्यालयको कमि कमजोरीको कुरा निकाल्यो मात्रै भने पनि झम्टनु हुन्छ ।

आज विद्यालयको अभिभावक दिवस । उहाँलाई पनि अतिथिको रुपमा मञ्चासिन गराइएको छ । उहाँको मन्तव्यको क्रम पनि आयो । तर यो के अचम्म ! सधैं तारिफको पुल बाँधेर नथाक्ने उहाँ आज त विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति लगायतलाई गाली पो गर्न लाग्नु भो त । उहाँको सल्लाहलाई नमान्दा विद्यालय चौतर्फी रुपमा धरासायी हुँदै गएको र विद्यालयलाई बचाउने हो भने आमुल परिवर्तनको खाँचो रहेको र त्यसका लागि सबै सरोकारवालाहरु तयार रहनु पर्ने समेत भन्न भ्याउनु भयो ।

मलाइ त आफ्नै कानमाथि भरोसा गर्न गाह्रो पर्यो । कार्यक्रम समापन भयो । सबै आ−आफ्ना घरतर्फ लागेँ । म भने प्रधानाध्यापकको कार्यकक्षमा गएँ र आफ्नो आश्चर्य प्रकट गरेँ । विद्यालयले एकसाता अघि मात्र उहाँलाइ दिएको चिठ्ठीको कार्यालय प्रति देखाउनु भयो प्रधानाध्यापकले । त्यसमा लेखिएको थियो “तपाइँले निजि प्रयोजनको लागि विद्यालयबाट एक वर्ष अघि नै लिएर जानु भएका ल्यापटप र प्रोजेक्टर यथासक्य चाँडो विद्यालयमा जम्मा गरिदिनु होला ।” विरोधको अन्तर्य बुझेर म पनि घरतर्फ लागेँ ।

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x