साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर पत्ता लाग्यो

हजुरको कुकुर हाम्रो बृद्धाश्रममा आइपुगेको छ । यस्तै एक हप्ता भयो होला । दिनभरी हजुरकै आमासँग खेल्छ र राति पनि आमाकै कोठामा सुत्छ ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

“कुकुर हराएको सूचना !

घाँटीमा पट्टा बाँधिएको, अन्दाजी २ फिट अग्लो ३ फिट लामो, निधारमा सानो कालो टिका भएको, बाँकी भाग निख्खारा सेतो रङको चार्ली नाम गरेको बेलायती कुकुर यहि हेटौंडा -४ हुप्राचौरबाट हराइरहेको हुँदा फेला पार्नु हुने महानुभावले तलको नं. मा जानकारी गराउनु भएमा सधन्यवाद उचित पुरस्कार  प्रदान गरिने छ ।”

स्थानिय पत्र पत्रिका र सामाजिक सञ्जालमा यसरी सूचना दिएको पनि आज सात दिन भै सकेछ । चार्लीको अत्तो पत्तो छैन । रामेश्वरलाइ अफिस छुटेर घरजान पनि मन लाग्दैन । घर पुग्ने बितिक्कै श्रीमती र छोराछोरीले घेरेर केरकार सुरु गरिहाल्छन् । खै त चार्ली ? राम्ररी नखोज्या हो कि क्या हो ? म त खाना पनि खान्न चार्ली नआएसम्म आदि इत्यादि ।

रामेश्वरले पनि के गरुन् बिचारा ! बिहान डुलाउन निकालेका । एकैछिनमा गायब भयो । कसैले घरमा राख्यो कि भनेर आफ्नो टोल तीन चक्कर लाइसके, भेटिदैन । टाढा पनि काँसम्म जानु खोज्न ?

निरास भएर यत्तिकै घरमा बसिरहेका थिए । एक्कासी उनको मोबाइलको घन्टी बज्यो । नौलो नं.बाट कसले फोन गर्यो भन्दै फोन उठाए । उताबाट आवाज आयो “हेल्लो, सर म ओम बृद्धाश्रम, चौकीटोलबाट बोलेको । हजुरले पत्रिकामा कुकुर हराएको सूचना राख्नु भा रै छ फोटो सहित । हजुरको कुकुर हाम्रो बृद्धाश्रममा आइपुगेको छ । यस्तै एक हप्ता भयो होला । दिनभरी हजुरकै आमासँग खेल्छ र राति पनि आमाकै कोठामा सुत्छ । हुन त एक अर्कालाइ पाएर यहाँ दुबै असाध्यै खुसी छन् तर कुकुरबाट टाढिनु पर्दा तपाइँलाइ पीडा अनि छटपटी भै रहेको होला, त्यसैले कुनै पनि बेला बृद्धाश्रममा आएर आफ्नो कुकुर लान सक्नु हुन्छ ।”

रामेश्वरले मुख अमिलो पारेर फोन राखे ।

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x