साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्यारेन्टीको ग्यारेन्टी

अब कसमस कसमस गर्ने पालो यजमानको भयो । एकछिन त उनी केही बोलेनन् । अनि केही सिप नलागेर पुरोहितलाई अप्ठ्यारोमा पार्न उनले अर्को समस्या तेर्स्याए ।

Nepal Telecom ad

रमेश समर्थन :

मृतकको घरमा तेह्रौँ दिनका क्रियाहरू सम्पन्न गर्नका लागि आवश्यक दानसामग्रीका लागि पुरोहितसित सल्लाह हुँदै थियो । अति मधुर वाणीमा आफ्नो सुझाव राख्दै पुरोहितजीले भने —

‘‘समय पनि कस्तो आयो कस्तो ? कलियुग त होला नि हजुर ! सबै सहरमा आएर बस्न थाले । गाई पाल्ने न ठाउँ छ न चाहना छ । त्यसैले यो गोदान पनि लिनेदिने दुबैका लागि घाँडो पो भयो । अब त जसरी प्रायश्चित्त गोदान दुनामा नोठ राखेर गरिन्छ त्यसै गरी अन्य सबै दान पनि नोठबाटै गरे हुने भयो । त्यसैले केही पनि किन्ने झन्झट नगरौँ होला कि ? सबैको साटो पैसा दिएपछि लैजान पनि सजिलो र राख्न पनि सजिलो । पैसा भएपछि पुरोहितले पनि आफूलाई जे चाहियो त्यही किन्ने भए ।’’

भनाइ त मनासिबै थियो तर यजमानका आफन्तको चित्त बुझेन र उनले भने, ‘‘तर गुरुजी, हजुरले नै गरुड पुराण सुनाउँदा मृतकका छोराहरूले आफ्नो क्षमताले भ्याएसम्म उत्तमोत्तम वस्तु जस्तै सुन, चाँदी, बाच्छोसितकी कपिला र दुधालु गाई, शय्या, भाँडाकुँडा, वस्त्र आदि दान नगरेसम्म मृतकको मुक्ति सम्भव छैन भन्नुभएको हो नि ! अनि कागजको नोठ दिएर कसरी होला त ?’’

यजमानले आफ्नो जिब्रो बेसरी अँठ्याएको थाहा पाएपछि पुरोहितले पहिले त कसमस कसमस गरे अनि हात मल्दै भने, ‘‘पुरोहितले पाएको नै पितृले पाउने हुन् र पुरोहित तृप्त भए पितृ तृप्त हुने हुन् हजुर, अब घरमा राख्न नमिल्ने सामान र घर लानै नमिल्ने गाई दिएर त पुरोहित कसरी सन्तुष्ट होलान् र हजुर ! अनि पुरोहित सन्तुष्ट नभएपछि……!’’

‘‘त्यो त ठिकै छ गुरु, तर हामीले गर्ने दान त पितृका लागि हो नि ! पुरोहितलाई हामी जे, जस्तो र जति दिन्छौँ त्यो त्यस्तै र त्यति नै पितृले पाउने हुन् नि । हैन र ?’’
‘‘सोह्रै आना हो नि हजुर !’’
‘‘अनि हामीले दिएको पैसा त पितृकहाँ पनि पैसै पुग्ने होला । अब त्यहाँ त पैसा राख्ने बैंक पनि छैन होला र चाहिने सामान किन्नका लागि यहाँजस्ता सपिङ कम्प्लेक्स पनि छैनन् होला । अनि पितृले त्यसबाट सामान कसरी किन्न सक्छन् त ?’’
‘‘त्यो त यसो हो नि हजुर !’’
‘‘हजुरका छोरा अमेरिका हुनुहुन्छ । हो ?’
‘‘हो ।’’
‘‘बेला बेलामा हजुरलाई भनेर पैसा पनि पठाउनुहुन्छ । हो ?’’
‘‘हो ।’’

‘‘अब उहाँले त्यहाँबाट रुपियाँ त पठाउनुहुन्न । उहाँले पठाउने त डलर हो । तर यहाँ हजुरले बुझिबक्सने बेलामा त डलर नबुझेर रुपियाँ बुझिबक्सन्छ । यसै गरी जुन देशका मान्छे त्यहाँ छन् तिनले पठाउने डलर भए पनि तिनका अभिभावकले पाउने त उनीहरूकै मुद्रा हो । हो, यसै गरी त्यहाँ पनि यहाँका कुनै कुरा चल्दैनन् तर यहाँबाट पठाइएको वस्तु वा द्रव्य त्यहाँको आवश्यकताअनुसारको सामग्रीमा पितृहरूलाई प्राप्त हुन्छ ।’’

‘‘तपाईँ मुक्तिको ग्यारेन्टी गर्न सक्नुहुन्छ ?’’ उनी अलि साहसी र तर्कवादी रहेछन् । त्यसैले किरियापुत्रीहरूले नबोल्न भन्दाभन्दै पनि बोले ।

‘‘ग्यारेन्टी । हजार प्रतिशत ग्यारेन्टी । हजुरले गरेको दान स्वरूप परिवर्तन गरेर नै पितृसम्म पुग्ने कुराको हजार प्रतिशत ग्यारेन्टी ।’’
अब कसमस कसमस गर्ने पालो यजमानको भयो । एकछिन त उनी केही बोलेनन् । अनि केही सिप नलागेर पुरोहितलाई अप्ठ्यारोमा पार्न उनले अर्को समस्या तेर्स्याए ।
‘‘अनि पितृको मुक्ति नि ?’’
‘‘त्यो त भन्नैपर्दैन । सन्तानले नै पितृलाई मुक्त गर्ने हो । हामी त माध्यम मात्र हाँै ।’’
‘‘तपाईंको ग्यारेन्टीको पनि त ग्यारेन्टी हुनुपर्ला नि ! यदि तपाईंले भनेजस्तो भएन भने के गर्ने ?’’
‘‘यसका केही उपाय छन् । हजुरलाई जुन उपयुक्त लाग्छ, त्यही गरौँला ।

पहिलो, सामानको हकमा पठाइएको सामान जस्ताको त्यस्तै ल्याएमा साटेर लैजान पाइने छ ।
दोस्रो, मुक्त नभएको जीवलाई पुनः उपस्थित गराउने र मुक्तिको अर्को मार्ग निःशुल्क अवलम्बन गर्ने जसको जिम्मा मेरो भयो ।
तेस्रो, मुक्त हुन नसकेका व्यक्तिको ठाउँमा उहाँकै नजिकका आफन्तलाई मुक्त गर्ने । त्यसको जिम्मा पनि मेरै भयो र त्यो पनि फ्री अफ कस्ट । अब हजुरलाई जुन सुविधाजनक लाग्छ त्यही गरिबक्सेला ।’’

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
शैली किसिम-किसिमका

शैली किसिम-किसिमका

दिलीप अर्याल
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
महिला हिंसा

महिला हिंसा

चम्पा दिवस राई
जय काठमाडौँ माता !

जय काठमाडौँ माता !

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x