साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा तान्नु

एकले अर्काको "खुट्टा तान्ने खेत खेल्न शुरु भएपछि सबैले सबैको खुट्टा तानिरहेका हुन्छन् "मेरो खुट्टा चोखो छ' भनी कसैले नसोचे भयो।

Nepal Telecom ad

आर.सी. रिजाल :

खुट्टा तान्नु । बुट्टा तान्यो । खुट्टा तन्कायो । यी शब्द नेपालीहरुको बोलीचालीको लवजमा प्रशस्तै सुन्न पाइन्छ । यी शब्दहरुको बनेको अर्थ लगाउन सकिन्छ तर पहिला सोझो अर्थ खोजूं। जस्तो- अग्निपरीक्षाको अग्रेजी के हो भनी सोधेमा हामी सोझो र सरल मपामा “फाएर एक्जामिनेशन” मनी तुरुन्त मन्न सक्छौं । त्यस्तै “खुट्टा तान्नु” को सोझो अर्थमा एउटा व्यक्तिको बुट्टा अर्कोलाई लाग्न खोज्दा तान्नुलाई नै बुट्टा तान्नु भनिन्छ ।

यसरी बुट्टा नतान्ने हो भने अर्को व्यक्तिलाई शारीरिक वा मानसिक हानिसम्म पुग्न सक्छ। “बुट्टा तान्नु” को अर्थ कसैका प्राणपखेत जानु पनि हो। मनिन्छ नि, फलानोले त बुट्टा तन्काएर सिलटिम्मुर खाएछ। कुनै ठाउँमा कुलेलम ठोक्नुलाई पनि ‘खुट्टा तान्नु” भनिन्छ । ए! फलानोले त फलानीलाई हिजो बिहानै यो गाउँबाट लिएर खुट्टा तन्काइसक्यो । कस्तो बुट्टा हो मानिसको, रबड जस्तो जता तन्कायो उतै तन्किने। अब खुट्टा तान्नुको ठेट अर्थ तर्फ लागौं। कुनै व्यक्ति प्रगतिको खम्बामा सुरेली खेल्दै माथि जानलागेको अवस्थामा उसको डाहा गरी तल झार्नुनै “बुट्टा तान्नु” हो ।

जे होस् यो शब्द नेपाली समाजमा वजनदार अर्थ बोकेर लम्पसार परेको छ। यो शब्दको महत्व बढ्नुको पछाडि एउटा खेल पनि छ । यो खेल चल्न शरीर अथवा मासपेशीहरु हलचल गराउन पर्दैन। दिमाग घोत्ल्याए पुग्छ। तर यो खेत ओलम्पिकमा समावेश गरिएको छैन । नोलम्पिकमा नराख्नाको कारण रेपनी नपाएर होला। अर्को कारण यो दर्शकहरुको सामुन्ने मैदानमा खेलिने खेल पनि होइन । यो त मयिङ्गलको खेल हो। यो खेलमा खेलाडीको सख्या पनि तोकिएको हुँदैन । यसको सहभागिता व्यापक रुपमा पनि हुन सक्छ। दुईजनाबीच पनि हुन सक्छ । यो महादेश-महादेशबिच, राज्य-राज्यविच, पार्टी पार्टीबिच, गाउँ-गाउँबीच, एक परिवार अर्को परिवारबीच र व्यक्ति व्यक्तिबीच पनि खेलिन्छ। यो खेल सिक्न कुनै प्रशिक्षक चाहिँदैन।

यो खेलको लागि कुनै साधन चाहिँदैन। यसो विचार गर्दा लोकप्रियताको अनुपातमा यसलाई ज्यादै सस्तो खेल मान्नै पर्दछ । एकले अर्कोको खुट्टा तान्नु ज्यादै सजित्तो त हुँदैन। तैर्पान समाज र राष्ट्रको भलो चिताएर जो अगाडि बढिरहेको हुन्छ । त्यस्ताका पछाडि विक्त मनस्थिति बोकेका व्यक्तिहरु जो क्षमता नभए पनि त्यो भलो कार्य आफूमार्फत गर्ने दुस्साहस गरी प्रतिष्ठा कमाउन तम्सन्छ। अविरलरुपमा सुकर्म गरिरहेका व्यक्तिको डाहा गरी सो स्थानमा “बूढो गोरुले ठाउँ ओगटेकै” ओगट्‌ने पारामा बल्ल यसको “खुट्टा तानें” भनि क्षणिक आनन्दमा रुमलिने पनि हुन्छन् । आफूलाई धुरन्धर प्रगतिवादी पण्डित भन्ने व्यक्तिहरु पनि यो खेल खेल्न पल्केका छन् ।

वर्तमान विश्वमा अर्काको “खुट्टा नतान्ने” छाँटका मानिस फेला पार्न सिला खोज्नपर्छ । मन्न त मैं भन्छु तपाईं भन्नुहोला, सबै भन्लान्- “त्यस्तो प्रवृत्ति म र हामीमा छैन ।” तर एकछिन घोत्लिएर आफ्नो आत्मालाई सोध्नुस्-यसको उत्तर अन्तर-आत्माबाटै आउँछ। आफूले “खुट्टा तानेको” र आफनो “खुट्टा तान्नेको” ताँती तपाईंकै आँखाको सेरोफेरोमा घुमेको पाउनुहुन्छ ।

कुनै एकसुरले हिँडिरहेको व्यक्तिलाई छिकेंनी हालिदियो भने मजासँग पछारिन्छ । त्यो व्यक्तिको च्यापुले माटो खाएर आकृतिनै बदलिन पनि सक्छ । छिर्केनी हालेको प्रष्टै देखिन्छ भने “खुट्टा तानेको” तुरुन्तै थाहा नहुन पनि सक्छ । यसको असर लामो अन्तरालपछि पनि देखा पर्न सक्छ। जब आफ्नो ‘खुट्टा तान्ने र प्रगतिको बाधक फलानो व्यक्ति हो भन्ने थाहा हुन्छ अनि ऊ पनि “जस्तालाई तस्तै ढिंडोलाई निस्तै” भनेझै आफू पनि त्यो खेलको पात्र बन्न पुग्छ। अनावश्यक मधिङ्गल खियाएर विक्ति सृजना गर्छ। कतिसम्म नीचता र चतुऱ्याई मान्ने यस्तो सृजनालाई ? यसको माप लिने कुनै यन्त्र आविष्कार भएको छैन । अदृश्य खेलकै कारण आविष्कारको समस्या परेको होला ?

एकले अर्काको “खुट्टा तान्ने खेत खेल्न शुरु भएपछि सबैले सबैको खुट्टा तानिरहेका हुन्छन् “मेरो खुट्टा चोखो छ’ भनी कसैले नसोचे भयो। यदि यो खेत नखेल्ने हो भने आज कैयौं मानिस सगरमाथाको शिखरभन्दा माथि हुन्थे । यो विश्व स्वाभिमानी र सृजनशीलहरुको फूलबारी हुन्थ्यो। तर के गर्नु “म ताक्छ मुढो बञ्चरो ताक्छ घुँडो मनेझै आफू सोझो तवरले अविरल रुपमा कुनै उद्देश्य साथ अघि बढिर‌ह्यो अर्काले छिर्केनी हालेको पत्तै हुँदैन। अनि पाहा पछारिएको जस्तो होइन्छ। सर्वोत्कृष्ट प्राणी मानवते यो किन गर्छ ? शायद फोस्रो आडम्बर, कृत्रिम प्रतिष्ठा, मनको डाहा मार्न र शुभ-लाभ प्राप्त गर्न होला ?

यो बेला आफ्नो स्तर अनुसार खेलिन्छ । गाउँका सिधा र विनम स्वभाबका गाउँलेहरु पनि यो खेलबाट बञ्चित छैनन् भने राष्ट्र र विश्व हांक्ने नेताहरुको लागि त यो खेल अनिवार्य नै हुन्छ । विशेष गरेर राजनीति गर्नेहरु यो खेल खेल्न धुरन्धर हुन्छन् । यो खेलको विशेषता यसमा अनुशासन र नैतिकताका घेरा हुँदैन । यो खेलमा कहिले मानिस उठ्‌नै नसक्नेगरी पछारिन्छ। अनि आफू उठ्न अर्काको सहारा माग्छ । अरुसंग विलौनागरी हिँड्छ । यस्तो अवस्थामा पुग्दा पनि मानिसले “खुट्टा तान्ने” प्रवृत्तिलाई हृदयको एउटा कुनामा सम्मान दिएर राखेको हुन्छ ।

त्यसैले यो खेल सबैभन्दा घिनलाग्दो तर गन्ध नआउने, सबैले खेलिने तर अदृश्य खेल हो। यही एउटा खेल हो जो सर्वव्यापी छ । जसमा उमेरको हद छैन । नियमको बन्देज छैन ।

०००
कुकुरको पुच्छर (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x