साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजेत्रो

उहाँको पसिनाको गन्ध नसुँघी निद्रा पर्दैन होला भनेर बिहान सबेरै स्कुलको ब्यागमा मजेत्रो लुकाएको थिएँ। राती हजुरामाको मजेत्रो ओढेपछि मात्र निद्रा लाग्यो

Nepal Telecom ad

आर.सी रिजाल :

गाउँबाट छोराबुहारी र नाति सहरतिर लागेको साँझ बुढीले बुढालाई- कस्तो सुनसान लागिरा’छ। मलाई त केही खान मन छैन्। तपाईं खानुस् है भनिन् ।

बुढाले- तिमीलाई केही नभनेको मात्र हो। मलाई धेरै चिज हराएको झैँ लागिरा’छ। छोराको तर्क सुन्दा- सहर नजाओ भन्न सक्ने स्थिति पनि थिएन। नाति नहुँदा गाई दुहुने जाँगर पनि लाग्या छैन् भने।

बुढीले- जाँगर छैन भनेर बाछोलाई माउको दूध चुस्न त दिन पर्‍यो नि भनिन् । बुढा जुरुक्क उठेर गबुवा नबोकी गोठतिर लागे र बाछोलाई खोल्दिए। कल्चौडो चुस्न सधैं उफ्रने बाछो आज यथास्थानमै उभिरह्यो। सायद सधैं घाँटीको दाम्लो खोल्न आउने नातिकेटो नदेखेर हो कि ?

वास्तवमा सगोलका परिवार छुट्टिएर बस्दा दुबैतिर शून्य र न्यास्रो लाग्नु स्वभाबिकै हो । त्यस साँझ गाउँबाट आमाले पोको पार्दिएको खाजा खाए। आज गाउँमा दुई जना र सहरमा तिनजना निकै बेरको छट्पटीपछि निदाए।

बिहान उठ्दा केटो पुरानो मजेत्रोमा लटपटिएर निदाएको देख्दा आमाबाबु झसङ्ग भए। ब्युझिएपछि केटोलाई सोधे। केटोले- सधैं हजुरमासँग सुत्ने बानी उहाँको पसिनाको गन्ध नसुँघी निद्रा पर्दैन होला भनेर बिहान सबेरै स्कुलको ब्यागमा मजेत्रो लुकाएको थिएँ। राती हजुरामाको मजेत्रो ओढेपछि मात्र निद्रा लाग्यो भन्यो।

०००
मकवानपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 month ago

भावनाप्रधान लघुकथा

Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
शैली किसिम-किसिमका

शैली किसिम-किसिमका

दिलीप अर्याल
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x