साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोख नै दोख

आफू बाँचुन्जेल घरघडेरी नबेच्नु।नत्र कुकुरले नपाएको दु:ख पाउलिउ " भनेको झलझली सम्झदै आफ्नो कोख नै दोख भएको ठान्छिन्।

Nepal Telecom ad

आर सी रिजाल :

पिता बितेको एकबर्षपछि छोराले आमालाई भन्यो — बुहारीलाई ठूलो रोग लागेको छ। कसैलाई नभन्नु होला । नत्र सबैले छि: छि: दुरदुर गर्छ्न। डाक्टरले भन्या लाखौं खर्च हुन्छ रे ! ऊनी तलमाथी परिन् भने हाम्रो त जहाजै डुब्छ।

आमाले — आआफ्नो भोग हो बाबू। मसंग दुमडी छैन् ।मैले के गर्न सख्छु र ? भनिन् ।
छोराले — यहि घरजग्गा सहकारीमा धितो राखेर उपचार गराउन पर्‍यो भन्यो।
आमाले — मेरो समाउने हाँगो भनौ वा टेक्न लौरो त्यहि ४ आनाको लालपुर्जा हो। तर नातिनीको साह्रै माया लाग्छ भनिन् ।

छोराले — तपाईंलाई बान्चुन्जेल हामी थैथैगरेर पालिहाल्छौँ । एक डेढबर्ष कामगरेर घरजग्गा निखनी हाल्छु भनेर उपचार गराउने निहुँमा सहरतिर लाग्यो। एकबर्षसम्म बिबिचमा सन्चोबिसन्चो सोध्न आउँथ्यो । त्यसपछि बेखबर छ।
ब्याज नतिरेकोले दुईबर्षपछि सहकारीले घर लिलाम गर्‍यो। बुढी अहिले गाँउलेको जुठोपुरो खाएर प्लास्टिकको छाप्रोमा गुजारा चलाइरहेकी छे। बित्नु अगाडि बुढाले — “छ्न् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भन्छन्। आफू बाँचुन्जेल घरघडेरी नबेच्नु।नत्र कुकुरले नपाएको दु:ख पाउलिउ ” भनेको झलझली सम्झदै आफ्नो कोख नै दोख भएको ठान्छिन्।

०००
मकवानपुर, हेटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x