साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर बुढ्यौली साहित्य समाजको पाँचौँ साधारण सभा सम्पन्न

साधारण सभाले कविराज घिमिरेकाे अध्यक्षतामा नाै सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

Nepal Telecom ad

संस्था यो गतिशील पार्नुछ भनी विश्वास राखीकन
हामीमा अझ एकबार सबको आशा भयो कञ्चन
यो विश्वास अवश्य पार्न कसिलो लाग्छौँ सबैले भनी
वाचा गर्न पुग्यौँ सशक्तसँगले मानेर यो पावनी ।।

भक्तपुर । भक्तपुर बुढ्यौली साहित्य समाजको पाँचौँ साधारण सभा तथा ५ औँ वार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष कविराज घिमिरेको अध्यक्षतामा सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुल भक्तपुरमा सम्पन्न भयो ।

राष्ट्रियगानबाट प्रारम्भ भएको कार्यक्रममा सहिदहरूप्रति १ मिमिनेट मौनधारणा गरी खुल्ला कार्यक्रमको सञ्चालन संस्थाका सचिव जीवनाथ अधिकारीले कुशलतापूर्वक गर्नुभएको थियो भने संस्थाकी कोषाध्यक्ष वसन्ती भुजेलले स्वागत भाषण गर्नुभएको थियो ।

सचिव कोषाध्यक्ष अध्यक्षको प्रतिवेदन पास भएपछि अध्यक्षको केही भनाइपछि तीन सदसीय निर्वाचन मण्डलको घोषणाको अनुमोदन भयो । जसमा संयोजक लालबहादुर भुजेल, राजेन्द्रकुमार बज्राचार्य र धरणीधर गुरागाईँ हुनुहुन्थ्यो । अध्यक्षले कार्यसमिति भङ्ग भएको जानकारी गराएपछि निर्वाचन मण्डलले आफ्नो काम सुरु गऱ्यो ।

संस्थामा चाहिँने ९ जना मध्ये १ जना पछि समितिले मनोनयन गर्ने गरी आठ जना निर्विरोध निर्वाचित हुनुभयो । जस अनुसार अध्यक्षमा कविराज घिमिरे, उपाध्यक्षमा दिनानाथ पोख्रेल, सचिवमा जुनू घिमिरे, कोषाध्यक्षमा वसन्ती भुजेल र सदस्यहरूमा क्रमश डा. सीता सुवेदी, रामशरण कार्की, श्याम माकजू र आत्माराम न्यौपाने ।

बन्द सत्रको कार्यक्रम सञ्चालन निर्वाचन मण्डलका तर्फबाट धरणीधर गुरागाईँले गर्नुभएको थियो भने अन्य व्यवस्थापन संयोजक लालबहादुर भुजेल र राजेन्द्रकुमार बजाचार्यले गर्नुभएको थियो ।

नव निर्वाचित समितिलाई संयोजकले सपथग्रहण गराइएपछि समितिको पहिलो वैठक बसी सवैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x