साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक चौतारीमा आफ्नो नयाँ कार्यसमितिको चयन

आगामी वर्षकोलागि बनाएको कार्यक्रम, नयाँ सल्लाहकार समिति तथा उपसमितिहरू गठन ।

Nepal Telecom ad

काठमाडाै । मनोहरवस्तीमा सञ्चालित ज्येष्ठ नागरिक चौतारीले आफ्नो नयाँ कार्यसमितिको चयन, विविध कार्यहरू गर्ने गरी विभिन्न उपसमितिहरूको गठनसहित कार्यविधि बनाएर पारित गरेको छ।

अध्यक्ष छत्रभूषण दाहालको संयोजनमा सहसचिव मदन घिमिरले सञ्चालन गरेको सो कार्यक्रमको पहिलो चरणमा चौतारीका सदस्य उदय अर्यालको जन्मदिन मनाइयो । सो अवसरमा चौतारीका सल्लाहकार प्रह्लाद सापकोटा, उपाध्यक्ष प्रा. शालिकराम कोइराला लगायतका व्यक्तित्वहरूले सदस्य अर्याललाई खादा, टीका, माला अर्पणसहित दीर्घायु र सुस्वास्थ्यको कामना कामना गर्नुभयो ।

दोस्रो चरणमा चौतारीको नयाँ कार्यसमितिले मनोनित गर्नुपर्ने सदस्यहरू मनोनित गरेको र आगामी वर्षकोलागि बनाएको कार्यक्रम, नयाँ सल्लाहकार समिति तथा उपसमितिहरू गठन गरेकोबारे जानकारी गराउँदै सबै नामावली र कार्यक्षेत्रको घोषणा गरिएको थियो।

त्यस लगत्तै महिला सशक्तिकरण तथा बहुउद्देश्यीय समाजको आयोजनामा सम्पन्न भएको मैनबत्ती निर्माणको तालिम प्राप्त महिला दिदीबहिनीहरूलाई ज्येष्ठ नागरिक चौतारीका आजीवन सदस्यहरूद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा संस्थाका आजीवन सदस्य श्री बिनोद अग्रवालज्यूले ब्रह्मकुमारी राजयोगबाट यस चौतारीका ज्येष्ठ नागरिकहरूलाई निकट भविष्यमा सम्मान गरिने कार्यक्रम रहेको जानकारी गराउनुभयो।

कार्यक्रमको अन्त्यतिर संस्थाका आजीवन सदस्य द्वय डिल्लीराज अर्याल तथा देवेन्द्रनाथ शर्मा ले आआफ्ना कविता वाचन गरेपछि चौतारीको चौतारीका अध्यक्ष छत्रभूषण दाहालज्यूले संस्थाको विगत र वर्तमानको संक्षिप्त चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभयो।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x